सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टोलीको अग्रता कायमै

आर्मीलाई ८३ स्वर्ण, पश्चिमाञ्चलले भने ५ स्वर्ण

पोखरा-

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टोलीको अग्रता कायमै रहेको छ ।

१ सय ८५ वटा स्वर्ण पदकको लागि भएका विभिन्न खेलमा त्रिभुवन आर्मीले ८३ वटा स्वर्ण पदक ल्याउदै आफ्नो अग्रतालाई कायमै राखेको छ । आर्मीले ४८ वटा रजत, ३६ वटा कास्य पदक सहित १ सय ६७ वटा पदक जित्दै हालसम्म अग्र स्थानमा रहन सफल भएको होे ।

त्यसै गरी नेपाल पुलिसले ३२ स्वर्ण, २७ रजत र ३४ वटा कास्य पदक सहित ९३ वटा पदक सहित दोश्रो स्थानमा रहेको छ । अर्को विभागिय टोली शसस्त्र प्रहरी वल एपिएफले २८ स्वर्ण, २२ रजत र ४२ वटा कास्य पदक सहित ९२ वटा पदक जित्दै तेश्रो स्थानमा रहेको छ । मध्यमाञ्चलले २१ स्वर्ण, ३७ रजत र ४३ वटा कास्य पदक सहित १ सय १ पदक हात पार्दा चौथो तथा विकास क्षेत्रमा पहिलो स्थानमा रहेको छ ।

मध्यपश्चिमाञ्चलले ७ स्वर्ण, १३ रजत र ३७ कास्य पदक सहित ५७ पदक हात पार्दा पाचौं तथा विकास क्षेत्रमा दोश्रो स्थानमा रहेको छ । पुर्वाञ्चलले ६ स्वर्ण, ११ रजत र ४० कास्य सहित ५७ पदक जित्दै छैटौं तथा विकास क्षेत्रमा तेश्रो स्थानमा रहेको छ । पश्चिमाञ्चलले भने ५ स्वर्ण, १८ रजत र २८ कास्य पदक सहित ५१ प्दक सहित सातौं स्थानमा तथा विकास क्षेत्रको चौथो स्थानमा रहेको छ । सुदुरपश्चिमाञ्चल भने पदक तालिकाको पुच्छरमा रहेको छ । सुदुरपश्चिमाञ्चले ३ स्वर्ण, १० रजत र ४७ कास्य पदक सहित ६० पदक ल्याउदै पदक तालिकाको पुच्चरमा रहेको हो। प्रतियोगिता सुक्रबार सम्म चल्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button