७ मिनेट सम्हालिन नसक्दा एपिएफ पराजित

धरान फुटवल क्लव क्वाटरफाईनलमा

पोखरा-

अन्तिम सात मिनेट सम्हालिन नसक्दा विभागिय टिम सशस्त्र प्रहरी वलको एपिएफ पराजित भएको छ । ९० मिनेट धरान फुटवल क्लवसंग गोल रहित बराबरी खेलेको एपिएफले अतिरित्त समयको अन्तिम सात मिनेट सम्हालिन नसक्दा धरानसंग पराजित हुदै पोखरामा जारी १५ औं आहा ! रारा गोल्ड कपमा यस बर्ष पनि पहिलो चरणबाट बाहिरिनु पर्यो ।

पोखरा रंगशालामा आज (बुधबार) भएको दोश्रो प्रि–क्वाटरफाईनल खेलमा धरानले एपिएफलाई अतिरिक्त समयमा दिपक राईले गरेको निर्णायक एक गोलले अन्तिम आठमा स्थान बनाएको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ खेल गोल रहित बराबरीमा टुंगिए पछि खेल १०÷१० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । राईले अतिरिक्त समयको १३ औं अर्थात एक सय ३ मिनेटमा गोल गरेका हुन । वर्तमान राईले दिएको पास वललाई गोललाईनबाट राईले पोष्टमा दिशा दिएका हुन । तर भिडियो क्लीप हेर्दा भने उक्त गोल आत्मघाती भएको देखिएको छ । एपिएफका कुन खेलाडीबाट आत्मघाती गोल भयो त्यो भने प्रष्ट छुट्टाउन भिडियोमा सकिएन । धरानले मनाङ मस्र्याङदी क्लवसंग माघ ९ गते क्वाटरफाईनलमा प्रतिष्पर्धा गर्ने भएको छ ।

एपिएफले पाएका धेरै अवसरहरु सदुपयोग गर्न नसक्दा यसपाली आहा राराको पहिलो चरणबाटै बाहिरिनु प¥यो । गत बर्ष पनि पहिलो चरणको अर्थात दोश्रो प्रि–क्वाटरफाईनल खेलमा भारतको खोर्गा बृगेडसंग २–१ गोल अन्तरले पराजित भएको थियो । एपिएफले आहाको छैटौं संस्करणमा एक पटक मात्र फाईनलमा यात्रा तय गरे पनि उपविजेतामा मात्र सिमित भएको थियो । पुलिसंग फाईनलमा एपिएफ पराजित भएको थियो । एपिएफका रन्जन विष्टले खेलको ९ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको वललाई विपक्षि गोलरक्षक पुर्ण चेम्जोङले पन्च गरी बचाउ गरे । खेलको १४ औं मिनेटमा राजकुमार कुमालले दिएको क्रस वल युवराज खड्काको हेड फिल्क हुदै पोष्ट भन्दा माथिबाट वल बाहिरिएको थियो । खेलको ४३ औं मिनेटमा एपिएफलाई ठुलो दुर्भाग्य निम्तियो । नविन लामाले करीब ३५ यार्डबाट प्रहार गरेको फ्रि–कि राजेन्द्र रावलले पोष्टमा चार्ज गर्दा क्रस वारमा लागेर रिवाउण्ट भएको थियो । खेलको एक सय ५ मिनेटमा पेनाल्टी एरिया नजिकैबाट राजेन्द्र विष्टले पोष्टमा प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरियो ।

त्यसै गरी धरानका नविन लामाले पेनाल्टी एरियाबाट खेलको २० औं मिनेटमा पोष्टमा चार्ज गर्दा फष्ट वार हुदै वल बाहिरिएको थियो । खेलको २२ औं मिनेटमा दिपक राईको पासमा रोसन मल्लेले करीब १५ यार्ड जसो नजिकबाट चार्ज गरेको वल सेकेण्ड वार हुदै बाहिरिएको थियो। पहिलो हापमा दुबै तर्फ निकै आक्रमक शैलिमा उत्रिए भने दोश्रो हाप पछि धरानले केहि दवावमा पार्न सफल भए पनि फिनिसिङ गर्न नसक्दा जित निकाल्न अतिरित्त समय नै कुर्नु पर्यो। धरानका गोलरक्षक पुर्ण चेम्जोङ खेलमा म्यान अफ दी म्याच घोषित भए । भोलि अमेरीकाबाट पहिलो पटक सहभागि भएको ए एन ए फुटवल टिम बिरुद्ध रमपम झापा ११ बिच हुने भएको छ । एपिएफका प्रशिक्षक कुमार थापाले खेलमा हार जित हुने स्वभाविक भएको प्रतिकृया दिदै पहिलो हापमा आफुहरुले पाउका केहि अवसरहरु खेर जादा आफुहरु पराजित हुनु परेको बताए । धरानका प्रशिक्षक सुवास केसीले आफुहरुको अझ सोचे जस्तो टिम सेट नभएको कारणले गर्दा कठिन जित भएको बताए। सिड्नी मेट्रो कलेज अष्ट्रेलीयाका सिईओ राम थापाले सहारा एकेडेमीको अक्षयकोषमा ५१ लहजार रुपैया हस्तान्तरण गरेका छन । क्लवका अध्यक्ष विरभद्र आचार्यलाई दोश्रो दिनको खेलको क्रममा पोखरा रंगशालामा उक्त रकमको चेक हस्तान्तरण गरेको महासचिव केशवराज बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button