झापाका कर्ण चम्किदा अमेरीकाको पाहुना टोली एएनए आहा राराबाट बाहिरियो

पोखरा-

रमपम झापा ११ का कर्ण सुव्वा विहिबारको खेलमा चम्किदा पाहुना टोली अमेरीकाको एएनए १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट बाहिरिएको छ ।

आहा रारामा पहिलो पटक सहभागि भएको एएनए झापा ११ संग विहिबार पहिलो खेलमै पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको हो। पोखरा रंगशालामा जारी १५ औं संस्करणको आहा ! रारा गोल्ड कप अन्र्तगत विहिबार भएको तेश्रो प्रि–क्वाटरफाईनल खेलमा झापा ११ ले पाहुना टोली एएनएलाई ४–१ को सहज जित निकाल्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो । माघ १० गते झापा ११ ले त्रिभुवन आर्मी क्लवसंग दोश्रो क्वाटरफाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । कर्ण सुव्वाले खेलको २४, ३९ र ९० औं मिनेटमा तीन गोल गरी ह्याट्रिक पुरा गरी विहिबारको खेलमा म्यान अफ दी म्याचको ट्रफी समेत प्राप्त गर्न ंसफल भए।

खेलको २४ औं मिनेटमा कर्ण सुव्वाले पुजन उपरकोटी दिएको पास वललाई सदुपयोग गरी हेड गोल गरे । पहिलो गोल भएको ६ मिनेटमै अर्थात खेलको ३० मिनेटमा कर्ण सुव्वाले पुन अर्को गोल गर्न सफल भए । राजिन धिमालले दिएको क्रस वललाई सुव्वाले पोष्टमा दिशा दिदा आफ्नो खातामा दुई गोल पु¥याए । खेलको ७४ औं मिनेटमा कर्ण सुव्वाले दिएको पास वललाई बुद्ध चेम्जोङले उत्कृष्ट गोल गरे। ३–० ले पछि परेको पाहुना टोली एएनएले खेलको ८५ औं मिनेटमा एक शान्त्वना गोल गर्न सफल भयोे । शान्त्वना गोल फार्किएसंगै दर्शकहरुले पाहुना टोलीलाई हुटिङ गरेका थिए । एएनएका कप्तान प्रलय राजभण्डारीको स्थानमा ६ मिनेट अघि मात्र मैदानमा छिरेका शिशिर विश्वकर्माले एक गोल फर्काएका हुन । खेलको ७९ औं मिनेटमा राजभण्डारीको स्थानमा विश्वकर्मा मैदानमा उत्रिएका थिए । खेलको ९० औं मिनेटमा कर्ण सुव्वाले एक गोल गरी आफ्नो खातामा ह्याट्रिक पुरा गरे । उनले १५ औं आहा रारामा पहिलो ह्याट्रिक गर्न सफल भएका हुन। म्यान अफ दी म्याचको ट्रफी एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले सुव्वालाई हस्तान्तरण गरेका हुन।

खेलको सुरुवाती क्रममा निकै आक्रमक शैलिमा उत्रिएका दुबै टिम गोल गर्ने प्रयत्न जारी राख्दा खेलको २४ औं मिनेटमा कर्णले गोलको खाता खोले पाहुना टोली झापा ११ संग केहि दबाबमा परेको थियो । पहिलो हापमा २–० ले पछि परेको अमेरीकाको टिमले दोश्रो हातमा केहि सुधार गरे पनि पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा आहा रारामा पहिलो पटक सहभागि भएको एएनएले पहिलो खेलबाटै बिदा लिनु पर्यो। दुई जना विदेशी मुलका एड्माउ र जोना टन त्यसै गरी पुर्व नेपाली राष्ट्रिय खेलाडी प्रलय राजभण्डारी, एलन न्यौपाने लगायतका खेलाडीहरु लियर मैदानमा उत्रिएको एएनएले उपाधि जित्ने दाउमा २० जना खेलाडीहरुको जम्वो टिम पोखरा आए पनि खेलमा पराजित हुदै यात्रा छोट्याउने भएको छ । खेलको २६ मिनेटमा अर्थात पहिलो गोल भएको २ मिनेटमा प्रलय राजभण्डारीले प्रहार गरेको लङसुट सेकेण्ड वारबाट बाहिरिएको थियो। त्यसै गरी जोना टन, एड्माउ, शान्त गुरुङले प्रहार गरेका वल खेल गएका थिए । खेलको २८ औं मिनेटमा कर्ण सुव्वाले पोष्टमा चार्ज गरेको वल एएनएका प्रतिक सिंहले गोललाईनबाट उत्कृष्ट बचाउ गरे ।

एएनएका प्रशिक्षक सुरज थापाले आफुहरुको खेलको सुरुवातीमा २÷३ गल्ती गर्नाले, विभिन्न राज्यबाट बटुलेर पहिलो खेल खेलेकोले गर्दा पनि झापा विरुद्धको खेलमा पराजित हुनु परेको बताए । अन्य दिनको तुलनामा विहिबारको खेलमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । खेलको ७४ औं मिनेटमा ३–० ले पहुना टोली पछि परे पछि पुर्वपट्टिको प्याराफिटमा खचाखच भएका करीब एकतिहाई जसो मात्र दर्शकहरु बसेका थिए भने अन्य आफ्नो गन्तव्यमा लागेका थिए ।

झापा ११ का प्रशिक्षक संजय राईले आफुहरुको धेरै गोल हुन नसकेकोले अझ धेरै गोल हुने अवसर गुमेको जनाए । उनले भने “ पहिलो हापमा राम्रो तालमेल मिल्न सकेन, विपक्षि टिम खासै राम्रो चाहि होइन। ” भोलि सुक्रबार नेपाल पुलिस क्लव बिरुद्ध सी एम सी क्लव संकटा बिरुद्ध हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button