अन्तिम ४ मिनेट सम्हालिन नसक्दा अन्तत – मनाङसंग संकटा पराजित

आहा राराको उपाधिको लागि शनिबार मनाङ र सहारा भिड्ने

पोखरा-

अन्तिम ४ मिनेट सम्हालिन नसक्दा अन्ततः डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवसंग काठमाण्डौंको सी एम जी संकटा क्लव पराजित भएको छ ।

पोखरा रंगशालामा हजारौं दर्शकहरु माझ विहिबार भएको १५ औं आहा रारा गोल्ड कपको दोश्रो सेमिफाईनल खेलमा मनाङले संकटा क्लवलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाईनल खेलमा सहारासंग भेट पक्का गर्यो । अन्तिम २७ मिनेटसम्म १० खेलाडीमा सिमित भएको संकटाले खेलको अन्तिम ४ मिनेट आफुलाई सम्हालिन नसक्दा आहा रारामा सेमिफाईनलबाट माथि उक्लिन सकेन । मनाङको जितमा विदेशी खेलाडी ओलावालेले हेड गोल गरेका हुन।

खेलको ८६ औं मिनेटमा मनाङले निर्णायक गोल गर्यो। करीब ३० यार्ड नजिकबाट विक्रम लामाले प्रहार गरेको फ्रिकिक वल दाया पोष्टको दाया साईडमा रहेका विमल रानाले पास दिएको वललाई सदुपयोग गरी ओलावालेले उत्कृष्ट हेड गोल गरेका हुन । पाएका धेरै अवसरहरु सदुपयोग गर्न नसक्दा एक गोलको कठिन जित दर्र्ता गरी गोल अन्तर फराकिलो पार्न सकेन ।

खेलको ६३ मिनेटमा संकटालाई ठुलो संकट आई लाग्यो । खेलको ६३ मिनेटमा संकटाका सुसिल केसीलाई रेफ्रि विकास महतले रेडकार्ड देखाउदै मैदानबाट बाहिर पठाए । खेलको ५९ औं मिनेटमा केसीले विपक्षि खेलाडी विमल रानालाई लडाए पछि पहिलो पहेलो कार्ड पाएका थिए भने पहिलो कार्ड पाएको ४ मिनेट वित्न नपाउदै मध्य भागमा मनाङका कप्तान अनिल गुरुङले सुसिल केसीलाई लडाए पछि सुसिलले अनिललाई कार्ड दिनु पर्ने भन्दै रेफ्रिलाई अप शव्द वोले पछि रेफ्रिले पुनः अर्को पहेलो कार्ड सहित रेडकार्ड देखाएका थिए । संकटाले पहिलो हापमा केही अवसर जुटाए पनि गोल गर्न सकेन भने दोश्रो हापमा मनाङको दवावमा परेको थियो। संकटाका विश्व अधिकारी, विश्वास श्रेष्ठ र सुनिल वालले मुस्किलले पाएका केहि अवसर सदुपयोग हुन नसम्दा आहा राराको सेमिफाईनलबाट माथि उक्लिन सकेन ।

मनाङका सुजित बुढाथोकी, ओलावाले, विक्रम लामा, सुजल श्रेष्ठ, अनिल गुरुङका केहि अवसर खेर जादा गोल अन्तर फारकिलो पार्न सकेन । संकटाका प्रशिक्षक शल्यान खड्गीले आफुहरुको हार रेफ्रिको कारण भएको दाबी गरे । उनले भने “ विपक्षिको राष्ट्रिय खेलाडी भनेर कुनै फल नलिने, हाम्रो खेलाडीले केही वोल्दा रेडकार्ड दिने, आजको खेल ११ बिरुद्ध १४ जना खेलाडीको खेल भएको थियो, यसमा हामीले जित्न त्यही भएर कठिन भयो ।” मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पहिलो हापको सुरुवातमा पाएका केहि अवसर सदुपयोग हुन नसक्दा जित कठिन भएको बताए । उनले भने “ आजको खेलमा मिडका खेलाडीहरुले राम्रो वल निकाल्न नसक्दा निर्णायक गोल अन्तिम समयमा कुर्नु पर्यो । ” सहारा बिरुद्धको फाईनल खेलमा फरक रणनितिका साथ मैदानमा उत्रिने तयारी गरेको उनले जनाए ।

उपाधि सहित ५ लाख एक हजार पुरस्कारको मनाङ र सहाराको खेल शनिबार हुने भएको क्लवका महासचिव केशवराज बरालले बताए । उपविजेता हुनेले भने २ लाख ५१ हजार साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट हुने खेलाडीले एक साथ स्कुट प्राप्त गर्ने भएको छ । मनाङले १२ औं आहा रारामा फाईनलमा आयोजकसंग पराजित भएको वदला लिने मौका पाएको छ । हिमश्री फ्ड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरामा संचालन भएको हो । फाईनल खेलको लागि दर्शकले एकसय ५० रुपैया प्रबेस टिकट काट्नुपर्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button