१५ औं आहा ! रारा गोल्ड कपको तयारी पुरा

उद्घाटन खेलमा सुदुरपश्चिम–११ स्पोर्टिङ्ग र आयोजक सहारा क्लव भिड्ने,

पोखरा-

पर्यटकीय नगरीमा यही माघ ४ गते देखि सुरु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को तयारी पुरा भएको छ ।

पोखरा रंङ्गशालाको खेल मैदानमा माघ १५ गतेसम्म संञ्चालन हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । प्रतियोगितामा तीन विदेशी सहित नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम र आयोजक सहारा क्लब पोखरा सहभागि हुने क्लवका अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन भने उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइृकल प्रदान गरीने भएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी बिच प्रतिष्प्रर्धा हुने भएको अध्यक्ष आचार्यले बताए । प्राविधिक कारणले गर्दा खेल तालिका आईतबार सार्वजनीक गर्न नसकिएकोे उनले बताए ।

खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन गरेको हो । विभोर सोसाईटि डेभ्लोभमेन्ट बैंक अफिसियल बैंक, ईको पानी अफिसियल वाटर, अफिसियल एयर लाईन्स बुद्ध एयर, हिरो ड्यास स्कुटर सर्वोत्कृष्ट पुरस्कार प्रयोजक, पार्वड बाई नोभा शुद्ध र ताजा दुध, कोकाकोला, याट्स र एल. जी. टि. भी. को सहयोग, पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा–कास्की, सहारा यु.के., सहारा हङ्गकङ्गको बिशेष सहयोग मा संञ्चालन हुने भएको महासचिव केशवराज बरालले बताए ।

वेष्ट अफ फाईभ प्रायोजन पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, समेतको बिशेष सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको हो । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए। प्रतियोगिताबाट एक करोड ७ लाख आम्दानी गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । प्रत्येक दिन गोलाप्रथाबाट उक जना दर्शकलाई माईक्रो म्याक्स मोबाईल प्रदान गरीने भएको छ भने प्रतियोगिता अवधिभर एक जना भाग्यशालि दर्शकलाई उक तोला सुनको सिक्का प्रदान गरीने भएको छ । सहारा हङकङले उक्त पुरस्कार प्रायोजना गरेको हो । नेपाल टेलिकको तर्फबाट प्रतियोगिता अवलोकन गर्न प्रबेश टिकट काटेर गएका दर्शकहरुलाई ५० रुपैया व्यालेन्स सहितको सिम कार्ड वितरण गरीने भएको छ ।

यसै बिच पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्रीफुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले सहाराले गरेको पुण्य कार्यमा साथ दिन प्रयोजन गर्दै आएको बताउदै राम्रो काम गरेकोले आफ्नो शेस पछि पनि प्रालिले भ्यायसम्मनिरन्तरता दिने जनाए। क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आहा रारा पोखराको इज्जतसंग जोडिएकोले यसलाई सफल पार्नु पोखरेलीको कर्तव्य नै भएको बताए ।

आहा रारामा म्यान मनि यष बर्ष पनि

आहा रारा गोल्ड कपमा म्यान मनि यस बर्षपनि प्रदान गरीने भएको छ । १२ टिमको सहभागिता हुने प्रंतियोगितामा प्रि–क्वाटर फाईनल खेल जित्ने टिमले २० हजार र पराजित भएको टिमलाई एक खेल खेले वापत प्रोत्साहन रकम १० हजार दिने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । त्यसै गरी क्वाटरफाईनल विजेताले ३० हजार र पराजित टिमलाई २० हजार प्रदान गरीने भएको छ । सेमिफाईनल विजेता तथा पराजित भएको टिमलाई ४०÷४० हजार प्रदान गरीने भएको छ । क्वाटरफाईनल देखि प्रबेश टिकटमा रारा तथा अन्य हिमश्री फ्ड्सका उत्पादनका चाउ चाउ वितरण गरीने भएको महासचिव केशवराज बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button