१५ औं आहा ! रारा गोल्ड कप सुरु : उद्घाटन खेलमा आयोजक सहाराको जित

डीएनबी,पोखरा –

पोखरामा मंगलबार देखि १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ सुरु भएको छ ।

पोखरा रंगशालामा आज (मंगलबार) भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवले धनगढीको सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लबलाई ४–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा प्रबेस गरेको छ । सहाराको जितमा दुई जना विदेशी खेलाडीहरुको महत्पुर्ण भुमिका रह्यो । म्यान अफ दी म्याच घोषित मार्टीनले दुई, रिचार्ड पुन र पिटरले एक÷एक गोलको योगदान दिए । सहाराले माघ ८ गते भारतको सिक्किम युनाईटेडसंग पहिलो क्वाटरफाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।

खेलको ६ मिनेटमै सहाराका मार्टीनले फष्ट वार च्याप्दै प्रहार गरेको वलले जाली चुम्न सफल भयो । खेलको २७ औं मिनेटमा रिचार्ड पुनले करीब १५ यार्डं नजिक पाएको वललाइ सदुयोग गरी जित सुनिस्चित पारे । खेलको ३८ औं मिनेटमा पेनाल्टी एरीया नजिकै पाएको वललाई पिटरले दोश्रो वार च्याप्दै गोल गरे । खेलको ८२ औं मिनेटमा मार्टीनले एक गोल थपी आफ्नो खातामा दुई गोल पु¥याए ।

पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा पहिलो पटक सहभागि भएको स्पोर्टिङ्ग क्लब पहिलो खेलबाटै बाहिरिएको हो । खेलको १२ औं मिनेटमा दिनेश योन्जनले प्रहार गरेको लङसुट पोष्ट माथिबाट बाहिरिएको थियो । खेलको २२ औं मिनेटमा कम व्याक हुने अबस्थामा सहाराका डिफेन्स रमेश मगरले विफल पारी दिए । सहाराका कमल दुवाले पोष्ट तर्फ प्रहार गरेको वललाई सहाराका रमेश मगरले गोललाईनबाट उत्कृष्ट बचाउ गरेका हुन । केहि अवसर खेर जादा स्पोर्टिङ्ग क्लब हतार हतारमा पोखरा आउन नपाई आफ्नो बसाई छोट्याउने भएको हो ।

स्पोर्टिङ्ग क्लबका व्यबस्थापक सुसान जोसीले पहिलो पटक पोखरा रंगशालाको खेल मैदानमा उत्रिनु परेकोले र आफ्ना खेलाडीहरुले पाएका केहि अवसरहरु खेरजादा पराजित हुन परेको बताए । खेलाडीहरुको राम्रो तालमेल मिल्न नसकेकोले र आफुहरु हतारमा प्रतियोगितामा सहभागि भएकोले पनि गोल अन्तर फराकिलो भएको उनले बताए । कप्तान मनिराम चौधरीले आफ्नो धनगढी गोल्ड कपमा खेल्दा थाईमा समस्या भएकोले सहारासंगको खेलमा राम्रोसंग खेल्न नसकेको बताए । आफुहरु धनगढीमा धनगढी गोल्ड कप सकिएको आधार घण्टामै हतार हतारमा पोखरा आएकोले पनि सोचे जस्तो खेल प्रर्दशना गर्न नसकेको प्रशिक्षक सुरेस हमालले बताए ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलको सुरुवातमै एक गोलले आफुहरुले अग्रता लिएकोले जित सहज भएको बताए । विपक्षी टिम आक्रमक शैलिमा उत्रिए पनि आफुहरुको खेलाडीहरुको राम्रो ताल मेल मिलेकोले जित भएको उनले बताए । भोलि बुधबार सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध धरान फुटवल क्लव बिच खेल हुने भएको खेल संयोजक केशव बहादुर थापाले बताए । प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता रहेको भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । माघ १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले गरे । उद्घाटन खेलको पहिलो हापमा ३–० को नतिजा सहाराको पक्षमा भए पनि केही दर्शकहरु आफ्नो गन्तव्यमा लागेका थिए ।

उद्योगपति तथा समाजसेवि केसी र फुटवल खेलाडी शाक्य सम्मानित

उद्घाटनसत्रको अवसरमा खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने दुई जना व्यक्तिलाई सम्मान गरीएको हो । आहा रारा गोल्ड कपमा स्थापना काल देखि मुख्य प्रायोजन गर्दै आगामी बर्षलाई पनि निरन्तरता दिने हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं उद्योगपति तथा समाजसेवि सुर्य बहादुर केसी र फुटवल खेलमा उल्लेखनिय योगदान पुराएका मोतिमान शाक्यलाई सम्मान गरीएको क्लवले जनाएको छ ।

नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी र क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मानपत्रको साथमा दोसल्ला र माला लगायर सम्मान गरेका हुन । सम्मानित व्यत्ति केसीले राम्रो काममा लागेको सहाराको अभियानलाई आफुहरुले होसटेमा हैसे मात्र गरेको बताए । क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

सहारा एकेडेमीको अक्षयकोक्षमा एक लाख सहयोग

सहारा एकेडेमीको दिगो व्यबस्थापनको लागि क्लवले स्थापना गरेको अक्षयकोषमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष एवं समाजसेवि मेजर लक्ष्मी प्रसाद गुरुङले एक लाख एक हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका छन । त्यसै गरी क्लवका संस्थापक सदस्य शान्ति गुरुङले १० हजार सहयोग गरेकी महासचिव केशवराज बरालले बताए । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button