१५ औं आहा ! रारा गोल्ड कप मंगलबार देखि

सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब र सहारा क्लवको पहिलो भेट 

उद्योगपति तथा समाजसेवि केसी र फुटवल खेलाडी शाक्य सम्मानित हुने

पोखरा-

पश्चिमाञ्चल क्षेत्रको प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ भोलि (मंगलबार) देखि पोखरामा सुरु हुने भएको छ ।

मंगलबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव र सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी बिच प्रतिष्प्रर्धा हुने भएको छ । धनगढीमा हालै धनगढी गोल्ड कप आयोजना गरी चर्चामा आएको उक्त क्लव पोखरामा पहिलो पटक आएको हो । ६ महिना अघि मात्र स्थापना भएको स्पोर्टिङ्ग क्लब आयोजक सहारा क्लवसंग पहिलो पटक प्रतिष्प्रर्धा गर्न लागेको हो । सहारा क्लवले यस पाली पनि तीन जना विदेशी खेलाडीहरु सहित मैदानमा उत्रिने तयारी गरेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले बताए । उनले भने “ हामीले पछिल्लो पटक दुई वटा प्रतियोगिता हेटौडा गोल्ड कप र धनगढी गोल्ड कपमा सहभागि भएर खेल्दा देखिएका कमिकमजोरीलाई सच्चाउदै उत्कृष्ट प्रर्दशन गर्ने तयारीमा रहेका छौं । ” पोखराका उत्तम गुरुङ, विष्णु गुरुङ, प्रदिप गुरुङ, आसिस केसी, शिव सुवेदी, विके लामा, विदेशी खेलाडीहरुमा पिटर सेगुन, बबि , मार्टी लगायतका खेलाडीहरु मैदानमा उत्रिदै छन।

अधिकाशं पोखरेली खेलाडीहरु सहभागि हुने आफ्नो टिम उद्घाटन खेलमा आक्रमक शैलिमा उत्रिने जनाए । स्पोर्टिङ्ग क्लबका प्रशिक्षक सुरेस हमालले आफ्नो क्लवले हालै धनगढीमा धनगढी गोल्ड कप सकेको आधा घण्टामै हतार हतारमा प्रतियोगितामा सहभागि हुनु परेकोले मंगलबारको खेल ठिकै हुने बताए । मनिराम चौधरीको कप्तानिमा मैदानमा उत्रिने तयारी गरेको स्पोर्टिङले एक जना पोखरेली खेलाडी गोविन्द थापालाई सहभागि गराएको छ । अन्तिम घडीमा सहाराले आफुहरुलाई वोलाएकोले आफुहरु प्रतिष्ठित प्रतियोगिता भएको नाताले हतारमा सहभागि भएको उनले जनाए । उद्घाटन खेल दिउँसो १ बजे पोखरा रंगशालामा हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए। उनको अनुसार प्रतियोगिताको तयारी पुरा भएको छ । उद्घाटनसत्रको अवसरमा खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने दुई जना व्यक्तिलाई सम्मान गरीने भएको समेत बताए । आहा रारा गोल्ड कपमा स्थापना काल देखि मुख्य प्रायोजन गर्दै आगामी बर्षलाई पनि निरन्तरता दिने हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं उद्योगपति तथा समाजसेवि सुर्य बहादुर केसी र फुटवल खेलमा उल्ल्लेखनिय योगदान पुराएका मोतिमान शाक्यलाई सम्मान गरीने भएको संयोजक थापाले बताए । माघ १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले गर्ने कार्यक्रम तय गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button