संकटासंग पाहुना टोली बंगलादेशको नारायणगञ्ज पराजित

मनाङसंग संकटा आहा राराको सेमिमा

पोखरा- 

पाहुना टोली बंगलादेशको नारायणगञ्ज फुटवल क्लवलाई पराजित गर्दै सी एम जी संकटाले मनाङ मस्र्याङ क्लवसंग सेमिफाईनल खेलमा यात्रा तय गरेको छ ।

आहा रारा गोल्ड कपमा पहिलो पटक सहभागि भएको बंगलादेशको नारायणगञ्ज लाई संकटाले २–० ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीसंग यही माघ १३ गते प्रतिष्प्रर्धा गर्ने यात्रा तय गरेको हो । हिमश्री फ्ड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनामा पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाईनल खेलमा संकटाको जितमा निराजन खड्का र विश्वास श्रेष्ठले एक एक गोलको योगदान दिए ।

खेलको ५३ औं मिनेटमा निराजन खड्काले एक गोल गरी आफ्नो टिमलाई १–० ले अग्रता दिलाए । गोलको संकट परेको अबस्थामा विदेशी खेलाडी लार्वाले दिएको पास वलमा पेनाल्टी एरीया नजिकबाट खड्काले गोल गरेका हुन । दोश्रो हापको इन्जुरी समयको एक मिनेटमा विश्वास श्रेष्ठले एक गोल गरी आफ्नो टिमलाई २–० ले अग्रता दिलाएका हुन । थपिएको ४ मिनेटको इन्जुरी समयमा पनि बंगलादेशको टिमले एक गोल पनि गर्न सकेन । पहिलो हापमा दुबै तर्फ गोल हुन नसके पछि दोश्रो हापमा संकटाले आफ्नो टिममा देखिएको गोलको संकट टार्दैै सेमिफाईनलमा डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीसंग यही माघ १३ गते प्रतिष्प्रर्धा गर्ने यात्रा तय गरेको हो । खेलमा म्यान अफ दी म्याच संकटाका अफिज घोषित भए ।

बंगलादेशको फ्राशगञ्ज एस सि प्रतियोगितामा नआए पछि आयोजकले हतारहतारमा बंगलादेशकै नारायणगञ्ज फुटवल क्लवलाइ निम्तो दिएसंग उक्त टिम सहभागि भएको हो । आफुहरुलाई छोटो समयमा खवर गरेकोले हतारमा आएको हुनाले धेरै थकान भएकोले र पोखरामा पहिलो पटक सहभागि भएकोले संकटा बिरुद्धको खेलमा पराजित हुनु परेको नारायणगञ्जका प्रशिक्षक मोहम्मद ओस्टाफले बताए । त्यसै गरी साहायक व्यबस्थापक सेफ अस्लामले आफुहरुसंग ४ जना राष्ट्रिय खेलाडीहरु भए पनि पहिलो हापको १८ औं मिनेटमा पहिलो रोजाईको गोलरक्षक घाइते हुनु आफुहरुलाई दुर्भाग्य भएको बताए । खेलको १८ औं मिनेटमा मोहम्मद राजिव घाईते भए पनि उनको स्थानमा सौरव शंकर गोलरक्षकमा रहेका थिए । गोलरक्षक घाईते हुदा करीब ५ मिनेट खेल संचालन हुन सकेन । संकटाका प्रशिक्षक शल्यान खड्गीले पहिलो हापमा गोल नभएको कारणले गर्दा दवावमा परेको बताए । मनाङ बिरुद्धको खेलमा सुधार गर्ने उनले जनाए ।

खेलको १४ औं मिनेटमा मोम्मद शैफाटले करीब ३० यार्ड नजिकबाट प्रहार गरेको वल सेकेण्ड वार नजिक पुग्दा विपक्षि गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । बाहिरिएको थियो । खेलको १५ औं मिनेटमा कप्तान राजनले प्रहार गरेको वल क्रस वारमा लागेर रिवाण्ड भएको थियो । राम्रो गोल हुने अवसर गुमेसंगै टिमलाई दुर्भाग्य सुरु भएको थियो । पहिलो रोजाइका गोलरक्षक खेलको १८ औं मिनेटमा परिवर्तन गर्नु थप संकट पाहुना टोलीलाई निम्तिएको थियो । त्यस्तै केहि अवसरहरु सदुपयोग हुन नसक्दा आहा रारामा सहभागि भएका तीनै विदेशी टिमले यस बर्षको आहा राराबाट विदा लिएका हुन । यस अघि भारतको सिक्किम युनाईटेट र अमेरीकाको एएनए समुह पनि पहिलो चरणको खेलबाटै बाहिरिएका हुन । खेलको १७ औं मिनेटमा संकटाका साजन थापाले करीब ६ यार्ड नजिकबाट प्रहार गरेको वल विपक्षि गोलरक्षकले उत्कृष्ट बचाउ गरे । त्यसै गरी विश्व अधिकारी, अमित तामाङ, अफिजको केहि अवसर खेर जादा अझ गोल अन्तर फराकिलो पार्न चुक्यो । अन्य दिनको तुलनामा मंगलबारको खेलमा दर्शकको सङख्या केहि घटेको थियो ।

भोलि बुधबार गत बर्षको उपविजेता विभागिय टोली त्रिभुवन आर्मी क्लव बिरुद्ध आयोजक सहारा क्लव बिच पहिलो सेमिफाईनल खेल हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।

तस्विर – युनिष गुरुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button