डिफेण्डिङ च्याम्पियन मनाङले सहारासंग १२ औं आहा राराको वदला लिने मौका

उपाधि जित्नेमा दुबै टिमको दाबी

पोखरा-

डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवले ३ बर्ष पछि पोखरा रंगशालामा आयोजक सहारा क्लवसंग वदला लिने अवसर प्राप्त गरेको छ । १२ औं आहा रारामा १–० ले फाईनल खेलमा मनाङलाई पराजित गर्दै आहा राराको ईतिहासमा पहिलो पटक उपाधि जितेको सहाराले पुनः मनाङसंग १५ औं आहा रारा गोल्ड कपको उपाधिको लागि शनिबार दिउँसो १ बजे पछि फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।

उसोत हालै सम्पन्न भएको हेटौडा गोल्ड कपमा मनाङले सहारालाई सेमिफाईनलमा पराजित गरेको थियो । सहारालाई भने हटौंडा गोल्ड कपको वदला लिने घरेलु मैदानमा अवसर प्राप्त भएको छ । आहा रारामा हालसम्म ९ पटक फाईनलमा यात्रा गरेको मनाङले दोश्रो, तेश्रो, १० औं र १४ औं संस्करणको उपाधि सहित ४ पटक विजेता भएको छ भने सहाराले हालसम्म तीन पटक फाईनलमा यात्रा गर्दा १२ औं संस्करणमा उपाधि रक्षा गरेको छ ।

समुह बीमा रहेको मनाङले दोश्रो सेमिफाईनल खेलमा काठमाण्डौंको सी एम जी संकटा क्लवलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै उपाधिको लागि शनिबार फाईनल खेलमा सहारासंग प्रतिष्प्रर्धा गर्ने यात्रा तय गरेको हो । समुह एमा रहेको सहाराले पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लवलाई टाइब्रेकरमा ४–१ को गोल अन्तरले पराजित गरेको हो। सहाराले माघ ४ गते भएको उद्घाटन खेलमा सुदुरपश्चिमको स्पोर्टिङ क्लवलाई पराजित गरी अर्को खेलमा पाहुना टोली भारतको सिक्किम युनाईटेडलाइ फुटवल क्लवलाई पराजित गरेको थियो। मनाङले भने क्वाटरफाईनलमा धरान फुटवल क्लवलाई पराजित गरेको हो ।

सुक्रबार पोखरा रंगशालमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा मनाङ र सहाराका प्रशिक्षकहरुले आ–आफ्नो टिमले उपाधि जित्ने दाबी गरेका छन । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफुहरुसंग राष्ट्रिय तथा अनुभवी खेलाडीहरु भएकोले फाईनल खेलमा आफ्नो टिमको उत्कृष्ट प्रदर्शन हुने दाबी गरेका छन । उनले भने “फाईनल खेल हो, खेलको करीब १०÷१५ मिनेटमा एक गोल भयो भने ३÷४ गोल अन्तरले हामीले जित्न सक्छौं तर पहिलो हापमा गोल नभए पनि हाम्रो पक्षमा खेल हुन्छ ।” कप्तान अनिल गुरुङले आफुहरुलाई सहारा बिरुद्धको खेलमा दबाब नहुने बताए । उनले भने “ हो, हामीले फाईनल खेललाई फाईनल खेलकै रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने रणनितिमा छौैं । ”

सहाराका प्रशिक्षक किरण श्रेष्ठले यस प्रतियोगिताको लागि हेटौंडा र धनगढी गोल्ड कपमा हालै सहभागि भयर उक्त खेलमा भएका कमि कमजोरीलाई आहा रारामा सुधार गरी आउने क्रममा फाईनल सम्मको यात्रामा आएकोले उपाधि जित्ने रणनितिमा आफुहरु मैदानमा उत्रिने दाबी गरे । उनले भने“ हामी निर्धारित अनुसासित ढंगले खेल खेल्छौं, विपक्षिको जस्तो हाई फाई र राष्ट्रिय खेलाडीहरु नभएकोले गर्दा हामीलाई धेरै चुनौती छ । ” अघिल्लो खेलमा रेडकार्ड पाएका सहाराका भरपर्दा डिफेन्स खेलाडी वविको स्थानमा अन्य खेलाडिको विकल्प खोजेको श्रेष्ठले बताए। सहाराका कप्तान उत्तम गुरुङले आफ्नो प्रशिक्षकले दिएको निर्देशन अनुसार आफुहरु खेलेर उपाधि जित्ने जनाए ।

उपाधि सहित ५ लाख एक हजार पुरस्कारको लागि मनाङ र सहाराको खेल शनिबार हजारौं दर्शकहरु माझ पोखरा रंगशालामा हुने भएको क्लवका महासचिव केशवराज बरालले बताए । उपविजेता हुनेले भने २ लाख ५१ हजार साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट हुने खेलाडीले एक साथ स्कुट प्राप्त गर्ने भएको छ ।

हिमश्री फ्ड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरामा संचालन भएको हो । फाईनल खेलको लागि दर्शकले एकसय ५० रुपैया प्रबेस टिकट काट्नुपर्ने छ । अन्य दिनमा एक सय रुपैया तिरेका थिए । प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन टिम सहितको नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागितामा यही माघ ४ गते देखि प्रतियोगिता सुरु भएको हो । नेपाल टेलिकमको तर्फबाट प्रतियोगिता अवलोकन गर्न प्रबेश टिकट काटेर गएका दर्शकहरुलाई ५० रुपैया व्यालेन्स सहितको सिम कार्ड वितरण गर्दैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button