पोखराको डुंगा रेष्टुरेण्टमा विहिबार अभया एण्ड द स्टिम इन्जन्सको प्रस्तुती हुने, प्रवेश निशुल्क

पोखरा –

पोखराको लेकसाईड स्थित डुंगा रेष्टुरेण्टमा चर्चीत रक व्याण्ड अभया एण्ड द स्टिम इन्जन्सको प्रस्तुती हुने भएको छ ।

नेपालीहरुको नयाँ बर्ष २०७४ सालको अवसरमा ३१ गते  विहिबार साँझ ७ बजे देखि राति १२ बजेसम्म उक्त व्याण्डको प्रस्तुती रहने भएको रेष्टुरेण्ट संचालक राजेस गुरुङले बताए । नेपाली युवाहरुमा शुभकामना आदन प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई सांगीतीक माहोलमा मनोरन्जन दिने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । कार्यक्रममा प्रबेस निशुल्क रहेको छ ।

उक्त व्याण्डको मुख्य भोकलिष्ट अभया सुव्वा रहेकीछन । ४ भन्दा बढी एल्वम समेत सार्वजनीक गरेको उक्त व्याण्डले हालै बजारमा लुकिङ फर लभ एल्वम सार्वजनीक गरेको हो । उक्त कार्यक्रममा सहभागि कलाकारहरुको पोजेटिब भाइवले व्यबस्थापन गरेको हो ।

यस अघि अग्रेंजी नयाँ बर्षको अवसरमा उक्त व्याण्डले पोखराको फुलवारी रिसोर्टमा आफ्नो प्रस्तुती राखेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button