एमालेको जनपरिचालन अभियान टुटुङ्गामा सम्पन्न

पोखरा-

नेपाल कम्युनिष्ट पार्टी एमालेको जनपरिचालन अभियान अन्तर्गत शनिबार पोखरा उपमहानगरपालिका वडा नं. १५ टुटुङ्गा ठाँटिपाटनमा विशेष भेला सम्पन्न भएको छ । भेलाबाट पवित्रा थापाको संयोजकत्वमा टुटुङ्गा ठाँटिपाटन जनपरिचालन कमिटी गठन भएको छ ।

कमिटिका सदस्यहरुमा विष्णु पन्थ, सोनु शाही, ध्रुव कोइराला, दिपेन्द्र बाँस्तोला, राम कोइराला, टंकबहादुर गुरुङ्ग, सुकबहादुर सार्कि, टेकबहादुर भुजेल, एलिसा परियार, बहुमाया गुरुङ्ग, मेरी पाख्रिन र रामचन्द्र परियार चयन भएका छन् ।

अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सांसद चुँडामणि जंगलीले एमालेले देशको समृद्धि र विकासमा जनमुखी र लोकप्रिय कार्यक्रमहरु ल्याएको बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ का सदस्य श्रीनाथ बराल, कास्की जिल्ला कमिटी सचिव दामोदर बैरागी, पूर्व जिल्ला कमिटी सदस्य गजकुमारी गुरुङ्ग, जिल्ला कमिटी सदस्य बलराम पौडेल लगायतले बोलेका थिए । त्यसै गरी कार्यक्रममा वडा कमिटी अध्यक्ष प्रकाश पौडेल, सदस्य तोरण बाँनिया, लक्ष्मी अधिकारीले पनि कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रम नेकपा एमाले वडा नं. १५ जनपरिचालन संयोजक पवित्रा थापाको सभाध्यक्षता तथा युवा संघ वडा नं. १५ का सचिव अनुपसिंह भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button