काठमाडौंमा डरलाग्दो दुर्घटनाः अनियन्त्रित माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो

पोखरा न्युज –
बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा तीनजना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो ।

‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी राखेको गाडी चेप्ट्यायो, घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छौं’ जोरपाटीका असई गणेश श्रेष्ठले  बताए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएको छ । तर, चालक भने फरार छन् ।

चालक माइक्रोबस व्यवसायी समितिको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दियो ।

दुर्घटनापछि जोरपाटीवासीमा त्रास र तनाव देखिएको छ ।

स्रोत – अनलाइनखबर -https://www.onlinekhabar.com/2017/06/601558/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button