कस्ता छन् पत्रकार महासंघ कास्कीको आगामी नेतृत्वका आकांक्षीका एजेन्डा ?

गणेश बराल, पोखरा-
नवौं जिल्ला अधिवेशनवाट नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष सम्हालेका रामकृष्ण ज्ञवाली यतिवेला आफ्नो जिम्मेवारी सुम्पन्ने तरखरमा छन् । फाल्गुन ३ गते हुने जिल्ला अधिवेशनवाट उक्त जिम्मेवारी बहन गर्नका लागी भन्दै कास्कीमा तीनजना प्रत्यासी पत्रकार कम्मर कसेर लागेका छन् ।

मैदानमा हालसम्म देखिएका तिनवटै उमेद्वारहरुले आ-आफ्नो राजनैतिक धार समातेर उमेदवारि प्रस्तुत गरेका हुन् । नेकपा एमालेसंग सम्बन्धित पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपाली कांग्रेस समर्थित पत्रकारहरुको संगठन प्रेस युनियन र नेकपा माओवादी केन्द्रसंग सम्बन्धित पत्रकारहरुको संगठन प्रेस सेन्टरले आ—आफ्नो उमेदवार उठाएका हुन् । स्वतन्त्र पत्रकारहरुको संगठन स्वतन्त्र पत्रकार महासंघ, नयाँ शक्तिसंग सम्बन्धित पत्रकारहरुको संगठन प्रेस सोसाईटी, नेकपा क्रान्तिकारीको संगठन क्रान्तिकारी पत्रकार महासंघ, आदीबासी जनजातीसंग सम्बन्धित पत्रकारहरुको समुह आदीबासी जनजाती पत्रकार संघ लगायतका संगठनले भने कुनै निर्णय लिइसकेका छैनन् । कास्कीमा युनियनले रमेश पौडेल, चौतारीले दिपेन्द्र श्रेष्ठ तथा सेन्टरले त्रिभुवन पौडेललाई अध्यक्षको उमेदवारको रुपमा अघि सारिसकेको छ । तिनै जना उमेद्वारले आफ्नो उमेदवारी पत्रकार एबम समग्र पत्रकारिताको विकास गर्नेका लागी हो भनेका छन् ।

दिपेन्द्र श्रेष्ठ -अध्यक्षका प्रत्यासी पत्रकार (प्रेस चौतारी)

प्रेस चौतारीका तर्फबाट उमेदवार   दिपेन्द्र श्रेष्ठले समग्र पत्रकारिता क्षेत्रको गुणस्तरीयता वृद्धि, छबी निर्माण, ब्यबसायिक हक हित तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने उधेश्यका साथ आफुले उमेद्वारी प्रस्तुत गरेको पोखरा न्युजडटकम लाइ वताए । उनले भने, “निकास, विकास र सम्वृद्धि को पत्रकारिता मेरो मूल एजेन्डा हो ।”

आफ्नो उमेद्वारी सम्पूर्ण पत्रकारको हितका लागी रहेको दाबी गर्दै श्रेष्ठले  आफ्ना निम्न चार  वटा एजेन्डा रहेको वताएका छन् ।
पत्रकारको न्युनतम पारिश्रमिकको मुद्दा बेला बेलामा उठ्ने गरेको र यसलाई सम्बोधन गर्न मुद्दाको रुपमा मात्र नभई सस्थागत रुपमा लागु गराउने ।
एउटा युवाले आफ्नो जीवनको उर्जाशिल समय पत्रकारिता क्षेत्रमा खर्चिने गरेको र अन्त्यमा आर्थिक समस्याका कारण पेशा छाडेर अन्यन्त्र मोडिनुपर्ने बाध्यता रहेकोले यस्तो अवस्था अन्त्य गर्न पत्रकारितामा ब्यबसायिकताको सुरुवात गराउने ।
पत्रकार महासंघको अहिलेको भवन निर्माण गर्न ठुलो परिश्रम गर्नुपरेको बताउदै यसलाई लाइ ब्यबस्थित गराउने । भवनमै पत्रकार पुग्ने तथा भवनमै बसी काम गर्ने वातावरण बनाउन मिडिया सेन्टरको स्थापना गर्ने ।
 पोखरा चार नम्बर प्रदेशको अघोषित राजधानी भएकोले विकास पत्रकारिता, निकास पत्रकारिता र सम्वृद्धि पत्रकारिताको नारालाइ अगाडी बढाउने ।

रमेश पौडेल -अध्यक्षका प्रत्यासी पत्रकार (प्रेस युनियन)

प्रेस युनियनका रमेश पौडेलले ब्यबसायिक पत्रकारितालाई स्थापित गराउन आफुले उमेद्वारी दिएको बताएका छन् । उनले पोखरा न्युज डटकम संग भने, “मेरो उमेद्वारी पत्रकारलाई निर्वाहमुखी नभई ब्यबसायिक बनाउनका लागी हो ।”

पोखरान्युज डटकम संग कुरा गर्दै पौडेलले पत्रकारिताको विकासका लागी आफ्ना निम्न चार  एजेन्डा रहेको बताए –
ब्यबसायिक पत्रकारिताको बिकास गर्ने ।
पत्रकारले भोगेका समस्याको अन्त्य गर्न दक्षता अभिवृद्धि गराउने ।
गुणस्तरीय पत्रकारितामा जोड दिने ।
पत्रकारको हकहित एबम् पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने ।

त्रिभुवन पौडेल -अध्यक्षका प्रत्यासी पत्रकार (प्रेस सेन्टर)

प्रेस सेन्टरका त्रिभुवन पौडेलले आफ्नो उमेद्वारी महासंघमा नयाँ पुस्ता र पुराना पुस्ताका पत्रकारहरु बिचको दुरी लाइ ब्यबस्थापन गर्दै पत्रकारको ब्यबसायिक हकहित र सुरक्षाको ग्यारेन्टी गराउनका लागी रहेको बताए । पोखरा न्युज डटकम संग कुरा गर्दै उनले भने, “मैले राजनीतिक कारणवाट मात्र नभई लगातार दुइ कार्यकाल सचिवको भूमिकामा रही संघलाइ अगाढी बढाउन लागिपरेकाले स्वाभाविक ढंगले अध्यक्षमा उमेद्वारी दिएको हु ।”

पौडेलले पोखरान्युज डटकम लाइ निम्न चार एजेण्डा रहेको बताए –
पत्रकार बिरामी हुदा अथवा समस्यामा पर्दा हाल संघमा दश हजार भन्दा बढी आर्थिक सहयोग गर्ने सक्ने क्षमता नरहेकोले एक करोड भन्दा बढीको अक्षयकोष खडा गर्न लागीपर्ने ।
संघमा चुनाबको बेलामा मात्र पाइला टेक्नुपर्ने अवस्थाको अन्त्य गराउन र पत्रकारको खुबी तथा क्षमतालाइ उजागर गराउन दिनहुजसो प्रशिक्षण, बिटका आधारमा तालिम, अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गर्ने ।
निर्भिक ढंगले पत्रकारले भोगेका समस्या राख्ने स्थितिको बिकास गर्दै श्रमजीवी पत्रकारहरुलाई परेका समस्यालाइ समाधान गराउन र पत्रकारिता गरेकै भरमा आउने धम्कि र त्रासको कानुनि उपचारकालागी कास्की जिल्ला बार एसोसिएसन, पुनराबेदन आदि संग समन्वय गरी निशुल्क रुपमा सहयोग पुर्याउन कानुनि डेस्क स्थापना गराउने ।
महासंघको भवन निर्माणाथ आफु सचिब हुदाको बखत गरेको मेहेनतलाई खेरा जान नदिई त्यसलाई सबै पत्रकारलाइ आफ्नो भवन हो भन्ने महशुस गराउदै तेश्रो तल्ला थप गरि सबैले भवनमै बसेर काम गर्न सक्ने वाताबरणको सिर्जना गर्ने ।

मैदानमा देखिएका तिन वटै योद्धाले आ – आफ्ना एजेन्डा पत्रकारको हितका लागी भन्दै प्रस्तुत गरेका छन् । देशमा चारैतिर राजनीतिले जरो गाढेको अवस्थामा राज्यको चौथो अंगको रुपमा रहेका प्राय पत्रकारहरु यसबाट अछुतो   हुन् सकेका छैनन् । आफू माथि पुग्नको लागी एउटा न एउटा दल समाउनुपर्ने प्रचलनको विकास हुनुले पनि केहि पत्रकारका लागि यो बाध्यात्मक अवस्था बनेको छ । आगामी नेतृत्वले जुनसुकै दलको समर्थन लिएर चुनावमा होमिएको भएता पनि  चुनाबपछी  त्यसलाई भुलेर पत्रकार आचार संहिताको पूर्ण पालना गरि पत्रकारिताको धर्म निर्वाह गर्दै सबै पत्रकारलाई समेटेर समन्वय गरि अगाडी बढ्नुपर्ने हुन्छ । संघको नेतृत्वमा आउने जो कोहिले पनि नेतृत्वमा रहुन्जेल राजनीति वाट बिदा लिनसक्नुपर्दछ भने बेलाबखतमा नागरिक स्तरवाट पत्रकारलाइ लाग्ने गरेका आरोपको निधान गराउनमा पनि आउने नेतृत्व सक्षम हुन् जरुरि छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button