विदेशीले गरे आनन्द ज्योती विद्यालयलाई सहयोग

पोखरा-
विदेशी पाहुनालाई……..
यसरी नै स्वागत गरौं हजुरलाई……..
लेखनाथ १० स्थित आनन्द ज्योती मावी जहाँ   गउलेहरु जम्मा भएर विद्यालयलाई सहयोग गर्ने विदेशी र स्वदेशी दाताहरुलाई भजन चुट्काले स्वागत गर्दै थिएृ । फुल माला र खादाले स्वागत गरेपछि उनीहरु विद्यालयको चौरमा एक छिन मज्जाले नाचे । वातावरण रमाइलो थियो । त्यहाँ विदेशबाट आएका ३ जना दाता र विद्यालयलाई संधै सहयोग पुर्याउँदै आएका व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले विद्यालयको विद्यार्थीका लागि स्टेशनरी सामान प्रदान गर्न उपस्थित रहेका थिए ।
पदमराज पौडेलको घर विद्यालय नजिकै भए पनि उनी काठमाडौ बस्छन । मौका पर्ना साथ उनी विद्यालयलाई सहयोग गर्न आइपुग्छन । उनले विद्यालयका लागि कम्पुयुटर लगाएत वार्षिक रुपमा सहयोग समेत प्रदान गर्दै आएका छन । उनले यस पटक भने विद्यालयको दाताको रुपमा फ्रान्सकी नागरिक हाल दुवईमा कार्यरत शिक्षिका फोलोरेन्स भिला साथमा ल्याएका थिए । उनको साथमा बेलायती नागरिक कार्ल ह्वाइट हिज र उनकी श्रीमती सारा समेत थिइन ।


शिक्षिका फोलोरेन्स भिलाले दुवई बाट नै उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ का २ सय ८० जना विद्यार्थीलाई वर्ष भरी पुग्ने स्टेशनरी सामान ल्याएकी थिइन । आफु लामो समय अध्यापन पेशामा कार्यरत रहेको र नेपालमा आएर सहयोग गर्न पाँउदा एकदमै खुसी लागेको उनले बताइन । उनले भनिन ‘नेपाल जती सुन्दर छ त्यती नै सुन्दर नेपालीहरुको मन छ यो सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’ उनले अर्को वर्ष पनि नेपाल आएर विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
पौडेल संगै आएका कार्ल ह्वाइट र उनकी श्रीमती साराले विद्यालयको लागि भन्लै ४ सय डलर विद्यालयका अध्यक्ष गोर्कण तिवारीको हातमा थमाए । कार्ल र साराले रमणिय स्थानमा रहेको आनन्द ज्योती विद्यालयलाई सानो सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । भव्य समारेहका विच व्यवसायी तथा समाजसेवी पदमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले शिक्षाको विकासकालागि विद्यालय वाट संधै प्रेरणा मिलेको वताए । ‘आफु सानोमा पढेको विद्यालयको संधै माया लाग्छ र विद्यालय परिवारले पनि उत्तिकै गर्विलो मायाँ दिएको छ ’ उनले बताए । सो अवसरमा लायन्स क्लव अफ पोखरा हेरीटेजका अध्यक्ष सोवित पौडेलले विद्यालय संग हातेमालो गर्दै अघि वढ्ने जनाए । उनले छिट्टै नै विदालयमा स्वास्थय शिविरको समेत आयोजना गर्ने जानकारी दिए ।
विद्यालयमा यसरी सहयोग गर्न अएका दाताहरु प्रति स्थानियहरु निकै उत्साहित भएको देखिन्थे । हातमा लौरो लिएका ९४ वर्षिय वृद्ध देवी दत्त तिवारी स्वागत भजन चुट्कामा फनक्कै नाँचे अनि कुर्चिमा बस्दै भने ‘समय धेरै बदलिएको छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button