पोखरेली संघ सस्थाले मनाए अन्नपूर्ण आरोहण दिवस

पोखरा-

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को सहयोगमा ६७ औँ आरोहण दिवस आज सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको दाङसिङस्थित मोहोरिया गाउँमा (होमस्टे) घरबास कार्यक्रमको प्रवद्र्धन गर्दै दिवस मनाइएको हो ।

कार्यक्रममा टान पश्चिमाञ्च क्षेत्रीय सङ्घका अध्यक्ष अध्यक्ष दीपकराज अधिकारीले सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।

प्रत्येक अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण हिमालको काखमा रहेको एक गाउँको प्रवद्र्धन गर्ने गरिएको बताउँदै उहाँले यस वर्ष अन्नपूर्ण गाउँपालिका दाङसिङस्थित मोहोरिया गाउँलाई रोजिएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित प्रमुख युवराज कुँवरले मोहोरिया गाउँ सम्भावनायुक्त स्थल भएर पनि बत्तीमुनिको अँध्यारो भएको बताउँदै यहाँ पदमार्गको विस्तार गर्दै घरबास पर्यटनको विकास गर्नसके स्थानीय रोजगार अभिवृद्धि गर्न सकिने बताउनुभयो ।

उक्त अवसरमा कार्यक्रम संयोजक श्यामकृष्ण थापा, टानका केन्द्रीय सचिव मुक्ति पाण्डे, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्य, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष विश्वराज अधिकारीलगायतले ओझेलमा परेको मोहोरिया गाउँमा घरबास कार्यक्रमको विस्तार गर्नसके यसले थुप्रै स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button