सृजना आमन्त्रण अन्तराष्ट्रिय भलिवल प्रतियोगितामा आर्मीको विजयी सुरुवात

पोखरा-

सातौं राष्ट्रिय खेलकुदमा पुरुष भलिवलमा स्वर्ण पदक विजेता त्रिभुवन आर्मीले शनिबार देखि पोखरामा सुरु भएको सृजना आमन्त्रित अन्तराष्ट्रिय भलिवल प्रतियोगिता २०७३ मा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले पुरुष तर्फको खेलमा सशस्त्र प्रहरी वलको एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

आर्मीले आर्मीले पहिलो सेटमा २५—१९ को जित हासिल गर्दा दोश्रो सेट प्रतिस्पर्धामा जित हात पार्न सफल भयो । दोश्रो सेटमा आर्मीले एपिएफलाई २९–२७ को जित हात पार्न सफ भयो भने तेश्रो सेटमा २५­–२१ को सहज जित दर्ता गर्यो ।

यस अघि उक्त प्रतियोगिताको उद्घाटन संसदको विकास समितिका सभापति तथा सांसद रविन्द्र अधिकारीले राष्ट्रिय रेफ्रि नारायण भण्डारीलाई वल हस्तान्तरण गरी औपचारीक उद्घाटन गरेका हुन। उनले पोखरा खेलकुद र खेल पर्यटन दुबैको राजधानी बनाउन यस्ता खेल गतिविधिले थप टेवा पुराउने बताए । सांसद द्धय चुडामणी जंगली, शारदा पौडेल, सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठ, क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापा,सचिव डि.बी. नेपाली लगायतले वोलेका थिए ।

प्रतियोगितामा महिला तथा पुरुष तर्फ गरी ६÷६ टिमको सहभागिता रहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । प्रतियोगितामा भारतको उत्तर प्रदेश भलिवल संघको महिला तथा पुरुष तर्फको टिम आउने भएको पौडेलले जनाए । प्रतियोगितामा महिला तर्फ त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लव , पश्चिमाञ्चल भलिवल संघ, न्यू डायमन्ड एकेडेमी सहभागि हुदैछन। त्यसै गरी पुरुष तर्फ भने त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लव, पश्चिमाञ्चल भलिवल संघ, हेल्प नेपाल स्पोटर्स क्लव सहभागि हुने भएका छन । लिगकम नकाउटका आधारमा संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई उपाधि सहित नगद १ लाख ५५ हजार ५ सय ५५ तथा दोश्रो हुनेलाई ७७ हजार ७ सय ७७ को साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने भएको छ । उत्कृष्ट खेलाडीलाइ १० हजार, प्रतियोगितामा महिला तथा पुरुष तर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट व्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरीने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अपेक्षा गरीएको छ भने प्रतियोगिताबाट करीब ६ लाख रुपैया बचत गरी भलिवल टेनिङ सेन्टरमा खर्च गरीने भएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामहादुर गुरुङले बताए ।

सृजना विकास केन्द्रको संयोजनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा, नेपाल भलिवल संघको तत्वावधानमा, कास्की जिल्ला खेलकुद विकास समितिको बिशेष सहयोगमा र क्षेत्रिय तथा जिल्ला भलिवल संघको आयोजना हुन लागेको हो । लिग चरणका खेलको लागि दर्शकहरुले एक सय, सेमिफाईनलका खेलमा एक सय ५० रुपैया र फाईनल खेल अवलोकन गर्दा दर्शकले २ सय रुपैया शुल्क निर्धारण गरीएको क्षेत्रिय भलिवल संघका सचिव डि.बी. नेपालीले बताए ।

त्यसै गिरी भोलि आईतबार महिला तर्फका दुई खेल हुने भएका छन । आइृतबार पहिलो खेल सशस्त्र प्रहरी वल एपिएफ बिरुद्ध त्रिभुवन आर्मी क्लव बिच हुने भएको छ । त्यसै गरी दोश्रो खेल भारतको युपी भलिबल संघ र नेपाल पुलिस क्लव विच हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button