पोखरामा पेस्तोल सहित ८ जना पक्राउ, ३ जना ज्यान मार्ने उद्योगका फरार अभियुक्त

पोखरा न्युज –

गोप्य सुचनाका आधारमा कास्की प्रहरीले पोखरामा हरियार सहित ८ जनालाई पक्राउ गरेको छ । तनहुँ सुक्ला गण्डकी ५ मा बस्दै आएका ईश्वर श्रेष्ठ लगायत ८ जनालाई लेकसाईडबाट पेस्तोल सहित पक्राउ गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित डिहिकोपाटनबाट ग.२ च. २१३३ नम्बरको गाडीमा अत्याधुनिक हतियार पेस्तोल र गोली सहित ८ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरिक्षक मोहनमणि अधिकारीले पोखरा न्युज लाई बताए । उनका अनुसार तनहूँबाट श्रेष्ठ प्रहरी हिरासतबाट छुटे लगतै  पोखरा आएका हुन। श्रेष्ठ ठेक्का पट्टामा सक्रिय तथा गुण्डा गर्दीमा पहिले देखि लागेका कारणले गर्दा तनहुँमा उनले केहि बर्ष अघि हात हतियार तथा खरखजना मुद्धा समेत लागेको प्रहरी निरिक्षक अधिकारीले बताए । पक्राउ पर्ने अन्य ७ जना संजु ठकुरी, संजिव राई, विवेक थापा, प्रदिप गुरुङ, सागर गुरुङ, विशाल पौडेल र संजिव घर्ती रहेका छन । पक्राउ पर्ने मध्य राई, पौडेल र थापा तनहुँमा ज्यान मार्ने उद्योगका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ सहितको टोली पोखरा आउने क्रममा उनीहरुलाई अन्य ५÷६ वटा मोटरसाईकलले पिछा गर्दै आएको र सोमबार दुई समुह बिच सामान्य विवाद तथा जगडा भएको थियो । झगडामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । झगडा भए पछि वडा प्रहरी कार्यालय बैदामको टोलीले श्रेष्ठ सहितको टोलीलाई राति करिब १०ः४५ बजे पक्राउ गरी वडा प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार विहान श्रेष्ठ सवार उक्त कारमा पेष्तोल फेला परेको प्रहरी निरिक्षक अधिकारीले जनाए ।

पक्राउन पर्नेहरु जग्गाको कारोवारी गर्ने व्यक्तिहरुको समुह हुन सक्ने प्रहरीले आशंका गरेको छ । हतियार कहाँबाट कुन प्रयोजनको लागि ल्याएको त्यसको बारेमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक अधिकारीले बताए । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका दिन हतियार सहित पक्राउ पर्ने घटनाले पोखरामा त्रसित पारेको स्थानियले गुनासो गरेका छन ।

यसैबिच, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकै दिनमा मंगलबार पोखरामा संकास्पद बस्तु फेला परेको छ । पोखरा लेखनाथ महानगरपालिका १० स्थित ईन्द्रचोकमा सडकको बाँया साईडमा कालो झोलामा प्लाष्टिकले बेरेको तार बाहिर निस्कीएको संकास्पद बस्तु फेला परेसंगै नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त झोलामा रहेको संकास्पद बस्तु भएको पुष्टि गरेको थियो । प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले उक्त संकास्पद बस्तु हेर्दा बिस्फोटक पदार्थ नभइ टिनको डिब्बा भित्र भात राखि तार बाहिर निकालेको अबस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खडग बहादुर खत्रीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button