पोखरामा ठुलो परिमाणमा लागूऔषध सहित एक पक्राउ

गणेश बराल, पोखरा –
लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखराले ठुलो परिमाणमा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा उपमहानगरपालिका ९ शान्तिवनका ३५ बर्षीय दिल बहादुर गुरूङलाइ बिहिबार ६६६ थान लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । गुरूङले अवैध लागूऔषध नर्फिन, डाईजापाम र फेनारगन भारतबाट खरिद गरी ल्याई पोखराका विभिन्न स्थानहरुमा विक्रीवितरण गर्ने गरेको  सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण शाखा कार्यालयका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको टोलीले नर्फिन २ सय २२ थान, डाईजापाम २ सय २२ थान तथा फेनेरागन २ सय २२ थान गरी कुल ६६६ थान लागूऔषध सहित पोखरा ९ शान्तिवनबाट गुरुङलाइ प्रक्राउ गरेको हो ।

दिल बहादुर गुरुङले आफु पनि लागूऔषध सेवन गर्ने गरेको र सिधा भारतबाट खरिद गरि एकल डिलरको रुपमा लागूऔषध विक्रीवितरण गर्नेगरेको तथ्य फेला परेको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले पोखरा न्युज डटकमलाइ बताए ।

विशेष सूचनाको आधारमा दिल बहादुरलाइ खोजि गर्ने क्रममा बिहिवार शान्तिवनवाटै प्रकाउ गरेको निरीक्षक गुरुङले जनाए । निरीक्षक गुरुङले भने, “पछिल्लो डेढ बर्षमा यति ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ पर्ने व्यक्ति दिल बहादुरनै हुन्।”

निरीक्षक गुरुङका अनुसार यसअघि स-सानो परिमाणमा लागूऔषध सहित व्यक्तिहरु प्रक्राउ पर्ने गरेका थिए ।

लागूऔषध कारोबारी दिल बहादुरलाइ पक्राउ गरी म्याद थपका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको निरीक्षक गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button