पोखरा २२ का भुमिहिनलाई घर सहित जग्गा हस्तान्तरण गर्ने कांग्रेसको योजना

पोखरा २८, वैशाख-
पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर २२ का भुमिहिन जनतालाई घर सहित जग्गा हस्तान्तरण गर्ने नेपाली कांग्रेसको योजना रहेको छ । कांग्रेस वडा नम्बर २२ का अध्यक्षका प्रत्यासी असोक गुरुङ सहितको टोलीले आफ्नो प्रचार अभियान अन्र्तगत घर दैलो कार्यक्रममा जनताहरुसंग भेटघाट गर्दै भुमिहिनलार्ई व्यबस्थित पार्न घर सहितको जग्गा हस्तान्तरण गर्ने आफ्नो पार्टीको मुख्य
मुद्धा रहेको जनाएको हो ।

दलित वस्तीको आयश्रोत बढाउन होमस्टे कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने योजना रहेको अध्यक्षका उम्मेदवार असोक गुरुङले बताए । खेती योग्य भुमिको पहिचान गरी व्यबस्थित बस्ती वसाल्ने, कृषिको प्रवद्र्धन गर्न सम्भाव्यताको खोजि गरी एक  टोल एक उत्पादनमा जोड दिने आफुहरुको योजना रहेको असोक गुरुङले बताए । उनले भने “ यदि मैले वडा अध्यक्षमा विजयी भए भने ५ बर्ष भित्रमा पोखरा २२ पुम्दी भुम्दीका सवै बस्ती क्षेत्रमा कालोपत्रे सडक संजालको पहुच पुराउने छु । ” सुक्रराज माविमा प्राविधिक शिक्षामा जोड दिदै, मेडिकल साईन्स, इन्जिनीयरिङ अध्ययन संस्थाको रुपमा विकास गराउने, पोखरा बजार देखि नजिक रहेको उक्त विबद्यालयमा सुन्दर र शान्त वातावरण भएकोले २२ वडको शिक्षाको केन्द्र बनाउने आफहुरुको योजना भएको गुरुङले जनाए ।

विश्व शान्ति स्तुपा, कालाभाङ, थाप्लेडाँडा, उल्लेरी, ढावा पर्यटनको धेरै सम्भावना रहेकोले त्यस क्षेत्रलाई पर्यटनको केन्द्रको रुपमा विकास गराउदै गुरुङ समुदायको कलासंस्कृती संरक्षण गर्ने, आन्तरिक तथा बाह्यि पर्यटन भित्राउन विभिन्न योजनाहरु अघि सार्ने मुख्य लक्ष्य रहेको अध्यक्षका प्रत्यासी गुरुङले बताए । पोखरा छोरेपाटन देखि शान्ति स्तुपा, पुम्दीकोट, कालाभाङ, हुदै ढावासम्म छुने गरी रिङरोड निमार्ण गर्ने गुरुङले स्थानियसंग प्रतिवद्धत्ता व्यक्त गरेका छन । पोखरा छोरेपाटनबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ पुम्दी भुम्दीका विभिन्न भाग हुदै सिद्धार्थ हाई वे छुने गरी कुभिण्डेसम्मको करिब १६ किलोमिटर पर्दछ । आफुहरु घर दैलो कार्यक्रममा जादा स्थानियहरु निकै हर्सित हुने गरेको टोलीमा सहभागि प्रकाश बरालले बताए ।

कांग्रेस वडा २२ का अन्य सदस्यका प्रत्यासिहरुमा महिला सदस्यमा ओम कुमारी गुरुङ, दलित महिला सदस्यमा चन्द्र कुमारी विक, खुल्ला सदस्यमा मात्रीका प्रसाद बराल र खुल्ला सदस्यमा सन्तोस दियाली रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button