मिस एसइइको उपाधि अस्मिता योगीलाइ

पोखरा न्युज –

न्यु लुक्स कमेस्टिक “मिस एसइइ“ २०१७ को उपाधि अस्मिता योगीले जितेकी छन् ।

शनिवार पोखरामा सम्पन्न फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । कार्यक्रममा प्रमुख निर्णायक न्यु लुक्स कस्मेटिक प्रा।लिका प्रमुख विश्वकिरण जैनले सोधेको महिला सशक्तिकरणको लागि महिलालाई शिक्षा दिनुपर्छ कि आरक्षण भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् । उनले उपाधिसँगै सिल्भर क्राउनको साथमा नगद २० हजार रुपैयाँ प्राप्त गरेकी छन भने उनले ३ लाख रुपैयाँ बराबरको उच्च शिक्षा र रेडियो सार्थकमा आरजे गर्ने अवसर पाएकी छन् ।

ईभेन्टस फर यु प्रालिको आयोजना, सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ व्युटी सिटिको विशेष सहयोगमा आयोजित “मिस एसइइ”को फस्ट रनर अफ ईशा श्रेष्ठ र सेकेण्ड रनरअफ सलमा भाट बने । उनीहरुले क्रमशः सिल्भर क्राउनको साथमा नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।यस प्रतियोगिताको विजेताले मिस ग्राण्ड नेपाल प्रतियोगितामा सिधै प्रवेश गर्न पाउनेछन् ।

प्रतियोगितामा रिया शाहीले वेष्ट स्माइल, करिना गुरुङ्गले मस्ट ट्यालेन्टेड, सोनी गर्वुजा पुनले वेष्ट वाक, ईशा श्रेष्ठले सिटी पोखरा भ्युवर च्वाईस, आशिका रानाभाटले फोटो जेनिक, सोनाम खत्रीले वेष्ट पर्सनालिटी र रोशनी कार्कीले वेष्ट ड्रेसको उपाधि जितेका छन् ।

प्रतियोगिताको निर्णायकमा न्यु लुक्स कस्मेटिक प्रा।लिको प्रमुख विश्व किरण जैन, कलासंगत नेपालका अध्यक्ष शिव गौतम, हिल प्वान्ट उच्च माविका संस्थापक प्राचार्य दिवाकर जैसी, मिसेस पोखरा विजेता २०७२ की सरीता गरुङ्ग, मिस एसएलसी २०१४ का विजेता दिप्सना खड्का, माउन्ट एभोरा एकेडेमीको प्रिन्सिपल कञ्चन गुरुङ रहेका थिए ।

माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको हो । व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले अहिले चलिरहेको व्युटि प्रिजेन्ट भन्दा पृथक तरिकाले मिस एसइइ आयोजना गरिएको आयोजक विशाल गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button