अल नेपाल डान्स च्याम्पको लागि पोखरामा पनि अडिसन हुने

पोखरा –

चारलाख रुपैयाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी छ । बुटवल, पाल्पा, नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पियनसिपको पोखरामा पनि बृहत अडिसन हुने भएको छ । प्रतियोगिताको आयोजक बुटवलको बागेश्वरी संगीतालय हो ।

संगीतालयले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरि पोखरा अडिसन कात्तिक २० गते गर्ने जानकारी गराएको छ । संगीतालयमा क्रियटिभ डाइरेक्टर यम पुनले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।

all-nepal-dance-champ

कात्तिक २० गते पोखरा अडिसनका लागि रामघाटको टप्स् हाइएर सेकेन्डरी स्कुलमा प्रतिस्पर्धिहरु जम्मा हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपैयाका दरले पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताए । उक्त डान्स कोर्षका लागि आयोजकले मुम्बइमा भारु डेढ लाख रुपैंया तिर्नुपर्नेछ । यो जोड्दा एक बिजेताले झन्डै नेपाली चार लाख रुपैंयाको पुरस्कार पाउनेछ ।

प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई पन्ध्रसय रुपैयां शुल्क तोकिएको छ । प्रतिभा भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ । सबै ठाउंको अडिसनबाट छनोट भएकाबीचबाट शुरुमा सयजना छनोट गरिनेछ ।

उनीहरुलाई बुटवलमा निःशुल्क ३ दिनको वर्कसप (प्रशिक्षण) गराइने छ । त्यसबाट ४० जना र फाइनलका लागि १० जना छनोट हुनेछन् । प्रतियोगितामा भारतीय चार र एक नेपाली नृत्यकर्मी निर्णायक रहने छन् । पुस २ गते बुटवलमै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै फाइनल हुनेछ । फाइनलमा भारतीय चर्चित नृत्य प्रशिक्षक टेरेन्स लेवीन सहभागी हुनेछन् । कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button