पोखरामा अटो व्यवसाय फस्टाउदै

पोखरा –

गत बर्षको तुलनामा यस बर्ष पोखरामा ४० प्रतिशत बढी कारको कारोबार

पोखरामा अटो व्यवसाय फस्टाउदै आएको छ । पोखराको नयाँबजार र बुद्धचोक क्षेत्रमा रहेका अटो व्यवसायहरुले यस बर्ष गत बर्षको तुलनामा करीब दोब्बरले बढी अटो व्यवसायको कारोबार गर्न सफल भएका छन ।

गत बर्ष भूकम्प र नाकावन्दीले प्रभावित हुन पुगेको अटो व्यवसाय यस बर्ष भने निकै फस्टाउदै आएको नेपाल डिलर्स एशोसियसन (नाडा) का केन्द्रीय उपाध्यक्ष धुर्व बहादुर थापाले बताए । गत बर्षको तुलनामा यस बर्ष नेपालमै अटो व्यवसाय हालसम्म करीब ४० देखि ५० प्रतिशतले बढी कारोवार भएको थापाले दाबी गरे । गो फोर्डका संचालक समेत रहेका थापाले कार चढ्ने व्यक्तिहरुको पछिल्लो क्रममा विलासिताको लागि मात्र नभई आवश्यकताको लागि र शहरीकरणले गर्दा यसको माग बढेको दाबी गरे । उनले भने “ पछिल्लो क्रममा बैंक तथा विक्तिय संस्थाहरुले समेत न्युन व्याजदरमा ९० प्रतिशतसम्म लगानी गर्ने गरेकोले पनि राम्रो आम्दानी हुनेहरुले कार चढ्न लागेका छन । ” फोर्डका गाडीहरु भारतमा बढी लोकप्रिय हुदै सन २०१५-२०१६ मा उत्कृष्ट कार भएकोले पनि पोखरामा यसको माग अनुसार आफुहरुले दिन नसकेको उनले बताए । विक्रि पछिको सेवा सहित पार्टस सर्वसुलभ भएकोले र नेपालको वातावरण सुहाउदो गाडी भारतमा उत्पादन भएकोले गर्दा यसको माग दिनानु दिन बढ्दै गएको उनले बताए । पोखरामा अटो व्यवसाय बढदै जादा सडक अबस्थामा समयमै ध्यान दिन नसके काठमाण्डौंको जस्तो ट्राफिक जाम हुने उनले जनाए ।

cars-in-pokhara

पश्चिमाञ्चल अटो मोवाईल डिलर्स एशोसियसनका संस्थापक अध्यक्ष एवं दिप लक्ष्मी व्राईट ईन्टरनेश्नल प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र वाटाजुले भारतको चर्चीत ब्राण्ड टाटाका गाडीहरु धेरैको मन जित्न सफल भएको बताए। उनका अनुसार गत बर्ष प्रा.लि.ले एक हजार २ सय वटा टाटाका विभिन्न कारहरु विक्रि गरेको थियो भने यसबर्षको ६ महिनामा एक हजार २५ वटा कारविक्रि गरेको छ । दशैं पर्वको अवसरमा धेरै कार विक्रि भएको उनले जनाए । १८ लाख देखि ६१ लख मुल्य बराबरका कारहरु आफनो सोरुमबाट विक्रि भएको बताएका वाटाजुले टिया गो गाडी फुलअफ्सनमा भएकोले बढी मन पराएको वाटाजुले बताए ।

ड्याडसन सोरुमको गण्डकी धौलागिरीएको आधिकारीक विक्रेता थ्रि एस.ट्रेड हाउसका संचालक मध्यका एक गोपाल बरालले गत बर्ष भन्दा यस बर्षको दशैं पर्वको अवसरमा अत्याधिक रुपमा कारको विक्रि भएको बताए । सस्तो १३ लाख ९९ हजार मुल्य देखि १८ लाख ५० हजार मुल्यसम्मका कारहरु आफ्नो सोरुममा भएकोले यसको माग बढी रहेको बरालले बताए । गत बर्ष करीब ४५ वटा कार विक्रि गरेको थ्रि एस.ट्रेडले यस बर्षको दशैंको अवधिसम्म गत बर्षको भन्दा दोब्बरले बढी कार विक्रि गर्न सफल भएको छ । एल.आई.मोटर्सका सेल्स अपिसर किशोर पौडेलले गत बर्षको तुलनामा यस बर्ष कारको विक्रि धेरै राम्रो भएको बताए । १८ लाख ९६ हजार देखि एक करोड २२ लाख ९६ हजार मुल्य बराबरका कारहरु सोरुममा भएको बताएका उनले गत बर्ष ३ सयको हाराहारीमा विक्रि भएको जनाए । यस बर्ष दशैंको अवसरमा सहित गरेर ५ सय वटा कार विक्रि भएको उनले जनाए । जग्गाको कारोवारले गर्दा पनि पोखरा, लेखनाथ, स्याङजा, वालिङ, बागलुङ, दमौली लगायतका क्षेत्रमा कार चढ्नेहरुको सङख्यामा बृद्धि भएको उनको धारणा छ । वतास ब्रदर्शको महेन्द्रा सोरुम पोखरा बुद्धचोकको सेल्स एक्जुकेटिभ विमल भण्डारीले टि.यु.भि स्करपियो, वलेरो जिप लगायतका गाडीहरु माग अनुसार आफुहरुले ग्राहकले भनेको समयमा पुराउन नसकेको बताए । पछिल्लो क्रममा कारहरुको माग बढी भएकोले सोरुममा प्रदर्शन गर्न नपाउदै ल्याउन साथ विक्रि हुने गरेको छ । निसान, किया लगायतका कारहरु समेत पोखरामा यस बर्षको दशैंको अवसरमा धेरै विक्रि भएको बताईन्छ ।

विलासिताको रुपमा लिईने गरेको सवारी साधन कारलाई पछिल्लो क्रममा आवश्यकताको लागि बढी प्रयोग हुन थालेसंगै यहाँको आर्थिक विकासमा सुधार आएकोले कार चढनेहरुको सङख्यामा बृद्धि भएको हो । कारमा यात्रा गर्दा सानो सवारी साधन मोटरसाईकल स्कुटर भन्दा बढी सुरक्षित हुने भएकोले गर्दा पनि कार चढ्नेहरुको सङख्यामा बृद्धि भएको व्यवसायीहरु बताउछन । पोखरा क्षेत्रमा १३ लाख ९९ हजार देखि एक करोड २९ लाख मुल्य बराबरका कारहरु उपलब्ध छन । पोखरा क्षेत्रमा कार विक्रि गर्ने आधा दर्जन भन्दा बढी सोरुमहरु पोखरामा रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button