‘सुर्के थैली खै..’ गीतलाई अवार्डको ओइरो (हेर्नुहोस भिडियो)

पोखरा –

कालिका एफएम आफ्नो १४ औँ वार्षिक उत्सवको अवसरमा गरेको १२ औँ म्युजिक अवार्डमा हास्य कलाकारद्धारा अभिनित गीतले धेरै वटा विधामा अवार्ड हात पारेका छन् । अवार्डमा हास्य कलाकारहरुको फिल्म ‘वडा नम्बर ६’ मा समावेश ‘सुर्के थैली खै..’ गीतले तीनवटा अवार्ड हात पारेका छ । यो गीतले सर्वोत्कृष्ट चलचित्र महिला गायनमा अञ्जु पन्त, सर्वोत्कृष्ट संगीत संयोजकमा राजन ईशान र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको हो । यस्तै, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाह अभिनित तिमीलाई देखेपछि आइ लभ यु … बोलको गीतले युगल गायनतर्फको अवार्ड पाएको छ । सुर्के थैली विभिन्न ६ विधामा मनोनयनमा परेको थियो भने आइ लभ यु गीत तीन विधाको मनोनयनमा परेको थियो ।

वरिष्ठ लोक गायक कुमार बस्नेतलाई एफएमले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै अन्य २६ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरेको छ । चलचित्र गायनमै पुरुषतर्फ ‘हारेँहारेँ…’ गीतका लागि युवराज चौंलागाईले अवार्ड थापे । संगीततर्फ ‘हाउ फन्नी’ को ‘शिरैमा शिरबन्दी…’ बाट वसन्त सापकोटा र शब्दतर्फ ‘ठमेल डटकम’ को ‘तिमी नभए…’ बाट दयाराम पाण्डेले अवार्ड हात परेका छन् । सर्वोत्कृष्ट आधुनिक गीत गायनमा पुरुषतर्फ रामकृष्ण ढकालको ‘भिजाउँछु तिमीलाई…’ र महिलाफर्त रजिना रिमालले ‘सुस्त पवन…’ बाट अवार्ड हात पारे । आधुनिक गीतको संगीततर्फ ‘निभिजाने आगो जस्तो…’ बाट राजकुमार बगर, शब्दतर्फ ‘धोका दिनेलाई…’ बाट दिलीप पियाले अवार्ड पाएका छन् भने सर्वोत्कृष्ट युगल गायनमा ‘आई लभ यु…’ बाट सरोज ओली र इन्दिराले अवार्ड उचालेका छन् ।

सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘बैंसमा…’ गीतबाट भरत सिटौला र महिलातर्फ ‘तिमी र म…’ बाट इन्दिरा जोशीले अवार्ड पाएका छिन् । पप गीतसंगीततर्फ ‘सेल्फी हानौंला…’ गीतबाट शंकर स्माइल र सर्वाेत्कृष्ट शब्दतर्फ ‘मायालु मुहार…’ बाट गीतकार रोशन भट्टराईले अवार्ड पाए । सर्वोत्कृष्ट ब्यान्डतर्फ दि ऐजले अवार्ड थाप्यो ।

यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘दामी देखिन्छ…’ बाट रामजी खाँड र महिलातर्फ ‘सिकारीको चाल…’ बाट राधिका हमालले अवार्ड पाएका छन् । लोकदोहोरी गीतको लय संकलनतर्फ रामजीले ‘दामी देखिन्छ…’ गीतबाटै दोस्रो अवार्ड हात पारे । लोकदोहोरी शब्दमा ‘गुराँस फुल्ने ठाउँतिर…’ बाट विरही कार्की र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ विशाल पौडेलले अवार्ड लिए । त्यस्तै सर्वोत्कृष्ट स्थानीय कलाकारमा प्रवीण भण्डारी र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा लक्ष्मी नेपालीले ‘सेल्फी हानौंला…’ गीतबाट अवार्ड हात परेका छन् ।

सर्वोत्कृष्ट गजल गायकरगजलकारमा ‘मेरो जस्तै तिम्रो पनि…’ गीतबाट अजर जंगम र भूपेन्द्र महतोले अवार्ड लिए भने स्वदेश गानतर्फ ‘साथी…’ बाट शिव परियारले र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘परदेशी नभन…’ बाट निकेश खड्काले लिएका छन् । कार्यक्रममा भरत, शंकर, लक्ष्मी, रामजी, रामकृष्ण, शिव लगायतले गीत गाएर मनोरञ्जन दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button