खेलमा प्रतिबन्धित औषधि प्रयोग बिरुद्ध सचेतना

पोखरा न्युज –

खेलकूद क्षेत्रका प्रतिबन्धित औषधि प्रयोग विरुद्ध एक दिवसीय सचेतना गोष्ठी पोखरामा शनिबार सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा पश्चिमाञ्चल क्षेत्रका खेलाडी तथा खेल सरोकारवालाका लागि यो सचेतना गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा पश्चिमाञ्चलका विभिन्न जिल्लाका खेलाडी, प्रशिक्षक, खेलसंघसंस्थाका पदाधिकारी, सदस्यगरी चार दर्जन बढिको सहभागिता रहेको थियो । गोष्ठीको शुभारम्भ गर्दै मन्त्रालयका निमित्त सचिव अणप्रसाद न्यौपानेले सबै खेलमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धी खेलाडी उत्पादन हुनुपर्ने आवश्यकता बोध गरेरै कानुनले खेलजगत र स्वस्थताका निम्ति यस्ता प्रकाको औषधि प्रतिबन्ध गरेको जनाए । उनले खेलकुदबाट स्वस्थ, सबल र सक्षम जनशक्ति उत्पादन हुने र यसले मुलुकको समृद्धि सम्भव रहने उल्लेख गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेल विकासको प्रारम्भिक चरणमा रहेको जनाउँदै यहि चरणदेखि नै यसलाई निस्तेज पार्दै खेलक्षेत्र व्यवस्थित र स्वच्छ बनाउन लागिपरेको जनाए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उपसचिव लक्ष्मीप्रसाद भट्टराईले प्रतिबन्धित औषधिले खेलाडीको भविष्य मात्र नभई देशकै भविष्य समेत समाप्त पार्ने बताए । खेलकूदमा अवैध मानिने औषधिको प्रयोगलाई निस्तेज पार्नुपर्ने र यसका लागि सन् २००३ बाटै विभिन्न कार्यक्रम सुरु भएको उनले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले स्वच्छ खेल र स्वस्थ खेलाडीका लागि प्रतिबन्धित औषधि विरुद्धको कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै तर झारो टार्ने मनशायले कार्यक्रम गर्नुको कुनै तुक नरहने उल्लेख गरे । हरेक खेल र व्यवसायिक खेलाडीलाई उपस्थित गराई प्रभावकारी ढंगले कार्यक्रम गर्न उनले सुझाए । डाक्टर राजु डंगोलले प्रतिबन्धित औषधिका प्रकार, यसको असरका बारेमा जानकारी गराएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button