पोखरामा बादल हत्याकाण्डकोे छानबिन माग

 

पोखरा न्युज –

नेपाली काँग्रेस साबिक लेखनाथ नगरपालिका नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सहसंयोजक राजेन्द्रमणि लामिछानेले काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानबिनको माग गर्नुभएको छ ।

काँग्रेस पोखरा लेखनाथ नगर समितिको शुक्रबारको बैठकमा हत्याकाण्डको छानबिनको मागसहित पदबाट राजीनामा दिँदै उहाँले आफूले पटक पटक हत्याकाण्डको छानबिनको माग गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको र अनावश्यक रुपमा आफूमाथि दोषारोपण गरिएका कारण पीडाबोध गरिरहेको बताउनुभयो । विसं २०७२ साउन २८ गते काँग्रेसका नेता बादलको हत्या भएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button