व्रिटिस गोर्खा भिसी कपमा सहभागि हुन् व्याडमिन्टन खेलाडीको टोली वेलायत जाने

पोखरा-

वेलायत स्थित व्रिटिस एक्स सर्भिस म्यान संस्थाको निम्तोमा नेपालका तिन जना पूर्व राष्ट्रिय व्याडमिन्टन खेलाडीहरु बेलायत जाने भएका छन । वेलायत जाने पूर्व खेलाडीहरुमा कास्की जिल्ला व्याडमिन्टन संघका वरिष्ठ सल्लाहाकार जयराम हमाल, संघका अध्यक्ष डम्मर सिंह गुरुङ्ग र संघका उपाध्यक्ष नर वहादुर गुरुङ्ग रहेका छन ।

व्रिटिस एक्स सर्भिस म्यानले वेलायतको एल्डरसटमा आयोजना गर्ने व्रिटिस गोर्खा भिसी कपमा सहभागिता जनाउने सल्लहाकार हमालले जानकारी दिए । गोर्खा भिसी लक्षीमान गुरुङ्ग र भिसी तुलवहादुर पुनको स्मृतीमा सन २०१२ वाट उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ । नेपाल वाट खेलाडी सहभागिता गराउन सस्थाका अध्यक्ष जङ्ग वहादुर गुरुङ्ग र प्रतियोगिताका संयोजक चन्द्र वहादुर गुरुङ्गले पहल गरेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष गुरुङ्गले वताए । उनले भने –‘पूर्व राष्ट्रिय खेलाडीहरुको वेलायत भ्रमण पहिलो हो र हामीले राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छौ ।’

वेलायत जान लागेका तिन जना खेलाडीलाई संघका निर्वतमान अध्यक्ष खेम गुरुङ्गले विदाइ गरको थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button