पोखरा रंगशालाभित्र व्याडमिन्टन कर्भड हल शिलान्यास

पोखरा-

पोखरा रंगशालाभित्र अर्को कभर्ड हल थपिदैं छ । साफ खेलकुदलाई लक्षित गर्दै कास्की जिल्ला व्याडमिन्टन संघले अन्तराष्ट्रिय मापदण्ड अनुसारको कभर्ड हल निर्माण गर्न बुधबार शिलान्यास ग¥यो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्दै साफका केही खेल मध्ये व्याडमिन्टनलाई पनि पोखरामा गर्न सकिने उदघोष गर्दै निर्माणको आधा लगानीको हिस्सेदार राष्ट्रिय खेलकुद परिषदले लिने बताए ।

‘आधा लगानी तपाई गर्नोस । आधा लगानी सरकारले गर्छ ।’ शिलान्यासपछि आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले भने—‘सबै क्षेत्रमा सरकारको मात्रै लगानी हुदैन् । संघले पनि गर्नुपर्छ । त्यसैले हामीले भन्ने गरेका छौं सरकार र तपाईको लगानी ५०/५० % हुनुपर्छ ।’ साफका ६  वटा खेल पोखरामा गर्न सकिने भन्दै उनले व्याडमिन्टनलाई पनि पोखरामा गर्न सकिने जिकिर गरे ।

पोखरामा पुर्वाधार थपिदैं गएको प्रसंगमा राखेप सदस्य सचिव विष्टले पोखरालाई स्पोर्ट्स सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कभर्ड हल निर्माणमा दीर्घकालिन योजना भन्दा फरक रहेको भन्दै केहीको विरोध भईरहेको सन्दर्भ विष्टले ‘माष्टर प्लान’ समय अनुकुल परिवर्तन हुने भन्दै भौतिक पुर्वाधारलाई केवल शिलान्यासमा मात्रै राख्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भौतिक पुर्वाधार केवल शिलान्यास तर्फ मात्रै नभई निर्माण सम्पन्न गर्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले पोखरा रंगशालाको ‘माष्टर प्लान’ समय सन्दर्भ फेरिदैं जाने भन्दै पुर्वाधार बनाउँदै खेलकुदको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले स्वास्थ्यका लागि खेलकुद भएपनि राष्ट्रका लागि खेलकुद हुन नसकेको भन्दै खेलाडी उत्पादन गर्ने तर्फ विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए । ‘केवल भुँडी घटाउनको लागि मात्रै खेलेर हुदैन् । संघ खेलाडी उत्पादन तर्फ पनि लाग्नुपर्छ ।’ उनको भनाई थियो ।

कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले हल निर्माण्को लागि साढे दुई रोपनी क्षेत्रफल उपलब्ध गराईदिएको बताए । पोखरा रंगशालाभित्र २०४० सालमा निर्मित व्याडमिन्टन कभर्ड हल छ । जुन कभर्ड हलमा प्रशिक्षणदेखि प्रतियोगितासम्मका गतिविधि हुदैं आएको छ । तीन करोड ५० लाखको लागतमा चार कोर्टसहितको व्याडमिन्टन कर्भड हल निर्माण हुने छ । नयाँ कभर्ड निर्माण पछि भईरहेको व्याडमिन्टन कोर्ट रहेको हललाई मार्शल आर्ट विल्डिङ बनाउने सोच छ । २० मिटर चौडाई र ४० मिटर लम्बाई बराबर जग्गाको क्षेत्रफल व्याडमिन्टन संघलाई हल बनाउन स्वीकृति आएको छ । नक्सांकन अनुसार चार वटा कोर्ट, चेन्जिङ रुम, संघको कार्यालय, शौचालयसहितको पुर्वाधार बन्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button