पोखरा महोत्सवमा हजारौ दर्शक रुवाए बद्री पंगेनीले

पोखरा –

सातौ पोखरा महोत्सवको दोश्रो दिन लोकदोहोरी गायक बद्री पंगेनीले महोत्सबमा उपस्थित हजारौ दर्शकलाई रुवाए । लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका पंगेनीले अहिलेको दशैमा घर आउदिन, जेठो छोरो कहाँ छ  कहाँ छ जस्ता गित गाइरहदा उपस्थित सम्पूर्ण दर्शकहरुका आखा रसाएका थिए । महोत्सबमा आफ्ना बिदेशीएका छोराछोरी लाइ सम्झिएर बृद्ध भएका बाबा आमा भक्कानो छाडेर रोएका थिए ।

महोत्सवमा शनिवारमात्रै  २० हजार दर्शकले अवलोकन गरेको  प्रचारप्रसार संयोजक राजु श्रेष्ठले बताए  । महोत्सबमा एक करोड २५ लाख कारोवार भएको उनले जनाए । शनिवार बद्री पंगेनी संगै चर्चित कलाकारहरु चोलेन्द्र पौडेल,सम्झना भण्डारी, सरस्वती लामिछाने, श्रीराम अधिकारी, कृष्ण सुवेदी, अनिल ढकाल , माया केसीको लगाएतको प्रस्तुति रहेको थियो ।

त्यसैगरी सातौ पोखरा महोत्सवमा जारी पोखरा तारा तीन अन्तर्गत शनिवार टप १२ मध्ये ६ जनाले आफ्नो प्रस्तुती पस्तुत गरेभने आइतबार बांकी रहेका ६ जनाले प्रस्तुती राख्नेछन । पोखरा तारा तीनको उपाधी जित्नेले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, उपबिजेताले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र र सान्तवना स्थान हासिल गर्नेले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने  श्रेष्ठले जानकारी दिए ।

महोत्सवको प्रत्येक टिकटमा नेपाल टेलिकमको सीमकार्ड प्राप्त गर्नेछन । सो सीमका लागी नागरिकता वा सवारी चालक प्रमाणपत्रको फोटोकपी र फोटो ल्याउनु पर्नेछ । सीममा ५० रुपैया ब्यालेन्स रहने छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button