पोखरा घुम्न बंगलादेशीहरु उत्साहित

पोखरा न्युज –

पर्यटन प्रवद्र्धनका लागि बंगलादेश आइपुगेको नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघको टोलीले ढाकाका व्यवसायिहरुसंग अन्र्तक्रियात्कम छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सहभागिहरुले बंगलादेशबाट थप पर्यटक नेपाल लैजान हवाई सेवापनि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका लागि नेपाली राजदुत प्रोफेशर डा.चोपलाल भुषालले बंगलादेशि पर्यटकहरुका लागि नेपाल नजिकैको सुरक्षित गन्तव्य भएको बताए । भुषालले नेपाल र बंगलादेशविच सम्बन्ध ऐतिहाँसिक रुपमै असल छिमेकीका रुपमा विकास हुँदै आएको भन्दै बंगालि पाहुनाको स्वागत गर्न नेपालीहरु तत्पर रहेको बताए । ‘नेपाल साँच्चैनै राम्रो र घुम्नै पर्ने गन्तव्य हो’ उनले भने । ‘यहाँबाट नेपालको तारिफ सम्भव छैन, नेपाल बुझ्न एकपटक नेपालनै जानुपर्दछ, भुषालले भने । नेपाल घुम्न जाने पर्यटकहरुको सहजताका लागि एम्बेसि तयार रहेको एम्बेसिका सहायक एम्बेस्टर धनबहादुर ओलीले बताए । कार्यक्रमका सहभागि बंगलादेश टुर अपरेटर संघका उपाध्यक्ष रफिउ जमानले आफुहरुले पोखराका लागि टुर प्याकेज बेचिरहेको बताउँदै पोखरा घुम्न जानेहरु पुर्णसन्तुष्टिका साथ फर्कने गरेको जनाए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख उदय भट्टराईले पोखरा र आसपासका पर्यटकिय गन्तव्य, पोखराको सामाजिक, आर्थिक, भौगोलिक पक्षका बारेमा प्रस्तुतिकरण राखेका थिए । त्यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले विदेशमा नेपाल चिनाउनका लागि पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिंदै छाता संगठनका रुपमा आफुहरुपनि सहकार्य गर्न अगाडी सर्ने बताए ।

कार्यक्रमको सभापतित्व गरेको नाट्टा पोखराका अध्यक्ष दिलप्रसाद गौतमले बंगलादेशिहरुलाई नेपाल घुम्ने निम्तो दिन आँफुहरु यहाँ आएको बताए । ढाकाबाट काठमाण्डौसम्म सहज हवाई यात्रा पुरा गर्दै काठमाण्डौबाट उडेर वा गुडेर केहिघण्टामै पोखरा पुग्न सकिने जानकारी दिएका थिए । कार्यक्रमका सहभागिहरुविच भएको क्विज प्रतियोगिताका भाग्यशालि विजेतालाई आकर्षक पुरस्कार पनि प्रदान गरिएको थियो । ट्रिप मेकर बंगलादेशले प्रथम हुँदै एक जोडीका लागि ढाका काठमाण्डौ ढाकाको प्याकेज तथा द्धितिय भएका मोहम्मद इक्वाल हुसेनले पोखरामा ४ रात पाँचदिनको होलिडे प्याकेज जिते । नाट्टा पोखरा, बंगलादेशको रिजेन्ट एयर र पोखराको बाटिका होटलले उक्त पुरस्कारको प्रायोजन गरेका थिए ।

नाट्टा पोखराका महासचिव सुवास भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भ्रमण संयोजक राजेश पहारीले सहभागिहरुलाई धन्यवाद दिंदै नेपालमा न्यानो स्वागतका लागि तयार रहेको बताएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button