साउन देखि बैंकबाट १० लाख भन्दा बढी नगद कारोवार गर्न नपाईने – का.मु.गभर्नर

पोखरा –
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर  चिन्तामणि सिवाकोटीले आगामी आर्थिक बर्ष साउन देखि १० लाख रुपैया भन्दा बढी कुनै व्यक्तिले नगद कारोवार गर्न नपाइने बताएका छन । बागलुङमा प्रधान कार्यालय रहेको ख बर्गको विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको पोखरा शाखाको शुक्रबार एक समारोहका बिच उद्घाटन गर्दै  का.मु.गभर्नर सिवाकोटीले व्यक्तिले ठुलो रकम लिएर हिड्दा बढी जोखिम भएकोले त्यसलाइ व्यबस्थित पार्न नेपाल राष्ट्र बैंकले हाल अधिकतम ३० लाख सम्मको नगद कारोवार गर्न पाउने ऐनलाई परिवर्तन गरी १० लाखमा झार्ने निर्णय भएको बताएका हुन ।

उनले भने “ अब साउन एक देखि कुनै व्यक्तिले  एकै दिनमा बैंकबाट नगद १० लाख रुपैया भन्दा बढीको कारोवार गर्न पाउनेछैनन, यदी कुनै व्यक्तिले १० लाख भन्दा बढी रकम लिएर हिडेको तर त्यसको श्रोत खुल्न नसके राष्ट्र बैैंकले जफत गर्न सक्नेछ । ”

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रलाई माथि उठाउने उद्धेश्यले एक करोडसम्मको ऋण कर्जालाई बढाएर ७ करोडसम्म पु¥याएको  का.मु. गभर्नर सिवाकोटीले बताए । उनले भने “ कृषि क्षेत्रलाई माथि उकास्ने उद्धेश्यले कृषि तथा कृषिजन्य उद्योगहरुमा अब बैंकहरुले ७ करोड सम्म सहुलियतमा ऋण प्रवाह गर्नुपर्दछ, जसले गर्दा कृषकहरुमा अझ ठुलो लगानी हुनछ। ” कृषकहरुको धितोको आधारमा ५ प्रतिशत व्याज दरमा बैंकहरुले लगानी गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन विना कुनै बैंकहरुले कृषि क्षेत्र, सामाजिक उत्तरदाहित्व अन्र्तगत सामाजिक क्षेत्रमा खुद नाफाको एक प्रतिशत लगानी गर्नु पर्ने उनको भनाई थियो ।

कृषिमा क्रान्ति गर्ने हो भने अब खेति योग्य वाझो खेतलाई सरकारले अधिग्रहण गरी राष्ट्रियकरण गर्नु पर्ने सिवाकोटीको जोड थियो । भूकम्प प्रभावित तथा नाकावन्दीबाट प्रभावित हुन पुगेका व्यति तथा व्यवसायिक संगठनहरुलाई राष्ट्र बैंकले सहुलियत दरमा अबस्था हेरी व्याजदरमा अनुदान समेत दिने भएको उनको भनाई थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button