मंगलबारदेखि मौजामा बसन्त मञ्चमी मेला

पोखरा-

कास्कीको मौजामा मंगलबारदेखि बसन्त पञ्चमी मेला शुरु हुँदैछ । बसन्त पञ्चमीको अवसरमा प्रयत्नशिल युवा क्लव, मौजा–१ मोहोरियाले ४१ औं बसन्त पञ्चमी मेला तथा क्लवको २१ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो । तीन दिन सम्म चल्ने उक्त मेलाको क्लवका संस्थापक एवं समाजसेवी युके निवासी रामकुमार गुरुङ्गले उद्घाटन गर्ने क्लवले जनाएको छ ।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा ११ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरि मेलामा चर्चित राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, कुमार पुन, जिवन दाहाल, टेक क्षेत्री, इन्द्रा गुरुङ्ग, सविना गुरुङ्ग, पुजा गुरुङ्ग, सरुण गुरुङ्ग, साँस्कृतीकर्मी ठाडो भाका गायक बुद्धिमान गुरुङ्ग ‘धम्पु’, हाँस्य कलाकार दिपक थापा लगायतको प्रस्तुती रहने क्लव अध्यक्ष मणिराज गुरुङ्गले जानकारी दिए । त्यसैगरि मनासुलु शान्ति भिल्ला होष्टेलका विद्यार्थीहरुको पनि नृत्य प्रस्तुती रहने छ ।

मेलामा छेलो हान्ने, घैटो फुटाउने, म्युजिकल चियर लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिने छ । मेला अन्तर्गत मौजा विकास कोषले मौजा गाविसका महिला र पुरुष गरि दुई जनालाई उत्कृष्ट कृषक र आदर्श बाजे÷बजैलाई सम्मान गर्नेछ । त्यसैगरि मौजा ताराका रुपमा सर्वोत्कृष्ट अंक ल्याउने एक–एक जना छात्र÷छात्रालाई सम्मान गरिने छ ।

भलिवल प्रतियोगितामा विजयी हुने समुहले नगद ३५ हजारका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुने समुहले नगद २५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, वेष्ट लिफ्टर, स्पाइकर, सर्भर, डिफेण्डर र क्विकरलाई पनि छट्टाछुट्टै रुपमा पुरस्कृत गरिने क्लव अध्यक्ष मणिराज गुरुङ्गले बताए । प्रथम पुरस्कार जन्मथलो मोहोरिया भई हाल अमेरिका बसोबास गर्दै आएका सन्तोष तमुले गरेका छन् । दोश्रो पुरस्कारको प्रायोजन समाजसेवी रामकुमार गुरुङ्गले गरेका छन् । भलिवलको उत्कृष्ट पाँच विधामा भलिवलका राष्ट्रिय महिला खेलाडी परिक्षा गुरुङ्गले प्रायोजन गरेकि छन् । मेला सम्पन्न गर्न झण्डै ५ लाख खर्च लाग्ने क्लवको अनुमान रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button