कास्कीको मौजामा वसन्त पञ्चमी मेला सुरु

पोखरा –

कास्कीको मौजामा बुधवारदेखि बसन्त पञ्चमी मेला शुरु भएको छ । स्थानिय प्रयत्नशिल युवा क्लवले मौजा–१ मोहोरियामा ४१ औं बसन्त पञ्चमी मेला आयोजना गरेको हो ।

क्लबको २१ औं बार्षिकोत्सब एबं ४१ औं वसन्त पञ्चमी मेलाको वेलायत निवासी क्लवका संस्थापक तथा समाजसेवी राम कुमार गुरुङले उद्घाटन गरे । सो अबसरमा उनले क्लव स्थापनादेखि हालसम्म निरन्तर सक्रिय गराउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे । आफु विदेशमा रहेपनि मौजाको समग्र विकासका लागि सधै अग्रसर रहने उनको प्रतिबद्धता छ ।

उद्घाटन कार्यक्रममा वडा संयोजक हरि प्रसाद गुरुङ, डम्बरजंग गुरुङ, हुम बहादुर गुरुङले मेला सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यसैविच मेला उद्घाटनकै अबसरमा मौजाको गीत समेत विमोचन गरिएको छ । राजकुमार गुरुङको शब्द तथा धन बहादुर गुरुङको संगीत रहेको गीतमा रजनी राईले स्वर भरेकी छिन् । गीतको कार्यक्रमका प्रमुख अतिथि राम कुमार गुरुङले विमोचन गरेका हुन् । हाल गीतको अडियो मात्रै तयार भएको र भिडियो निर्माण गर्ने कार्य वाँकीनै रहेको बताइएको छ ।

तीन दिन सम्म चल्ने मेलाको मुख्य आकर्षणमा खुल्ला पुरुष भलिवल प्रतियोगिता समावेस गरिएको छ । प्रतियोगितामा कुल ११ टिम सहभागी हुने आयोजक क्लबका सचिव उत्तम गुरुङले जानकारी दिए । मेला बुधवारबाट सुरु भएपनि भलिवल प्रतियोगिता विहिवारबाट सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद ३५ हजार र उपविजेतालाई २५ हजारका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, वेष्ट लिफ्टर, स्पाइकर, सर्भर, डिफेण्डर र क्विकरलाई छट्टाछुट्टै पुरस्कारको ब्यवस्था गरिएको क्लवका अध्यक्ष मणिराज गुरुङले बताए ।

प्रथम पुरस्कार जन्मथलो मोहोरिया भई हाल अमेरिका बसोबास गर्दै आएका सन्तोष तमुले गरेका छन् भने दोश्रो पुरस्कारको प्रायोजन समाजसेवी रामकुमार गुरुङ्गले गरेका छन् । उत्कृष्ट पाँच विधा पुरस्कारको प्रायोजन भलिवलकी राष्ट्रिय महिला खेलाडी परिक्षा गुरुङ्गले गरेकी छिन् । मेलामा भेन्ट्रान वास्केटबल प्रतियोगिता समेत समावेश गरिएको छ ।

माघ २१ गतेसम्म सञ्चालन हुने मेलामा चर्चित राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, कुमार पुन, जिवन दाहाल, टेक क्षेत्री, इन्द्रा गुरुङ्ग, सविना गुरुङ्ग, पुजा गुरुङ्ग, सरुण गुरुङ्ग, साँस्कृतीकर्मी ठाडो भाका गायक बुद्धिमान गुरुङ्ग ‘धम्पु’, हाँस्य कलाकार दिपक थापा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा छेलो हान्ने, घैटो फुटाउने, म्युजिकल चियर लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ । मेला अन्तर्गत मौजा विकास कोषले मौजा गाविसका महिला र पुरुष गरि दुई जनालाई उत्कृष्ट कृषक र आदर्श बाजे÷बजैलाई सम्मान गर्नेछ । त्यसैगरि मौजा ताराका रुपमा सर्वोत्कृष्ट अंक ल्याउने एक–एक जना छात्र छात्रालाई सम्मान गरिने छ । मेला सम्पन्न गर्न झण्डै ५ लाख खर्च अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button