तास खेलिरहेको अवस्थामा पोखरा १३ भद्रकालीबाट ८ जना पक्राउ

पोखरा न्युज । 

जिल्ला प्रहरी कार्यालय कास्कीले  पोखरा लेखनाथ महानगरपालिकाट १३ भद्रकालीबाट तास खेल्ने खेलाउने ८  जनालाई पक्राउ गरेको छ ।

भद्रकाली स्थित लाल कुमारी गुरुङको घरमा जुवा तास  खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । तास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुबाट २६  हजार ७५  रुपैयाँ  बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १३ भद्रकाली बस्ने  ओम बहादुर गुरुङ, रस बहादुर गुरुङ, खुसिमान गुरुङ, कृष्ण गुरुङ, बिर सिंह गुरुङ, नर बहादुर गुरुङ तथा घरमा तास खेलाउने घरधनी लाल कुमारी गुरुङ रहेको  प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अबस्थामा उनीहरुलाई  पक्राउ गरेको हो ।

प्रहरी प्रमुखमा अशोक शिंहको आगमनसंगै जुवा तास खेल्ने खेलाउने  जुवाडे बिरुद्धको कारबाहीलाई कास्की प्रहरीले तिब्रता दिएको छ ।प्रहरीले यसअघि पोखरा लेखनाथ महानगरका बिभिन्न ९ स्थानमा छापामारि जुवा तास खेलिरहेका ६४ जनालाई पक्राउ गरिसकेको छ ।  पक्राउ पर्नेहरुको साथबाट हालसम्म १५ लाख ६३  हजार १ सय ७५  रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button