भरतपुरमा पुन: मतदान गर्ने आयोगको निर्णय

पोखरा न्युज  –

निर्वाचन आयोगले भरतपुरमा पुन मतदान गर्ने निर्णय गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुन: मतदान गर्ने  निष्कर्ष निकालेको हो ।

मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी  पुन: मतदान गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए ।

‘‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं– १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी “पुनः मतदान गर्ने’’ आयोगको निर्णयमा उल्लेख छ ।

भरतपुर महानगरपालिका वडा नं –१९ मा ९० मत च्यातिएको फेला परेको थियो ।  यस्तै आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’ निर्णय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button