भरतपुरको पछिल्लो परिणाम : देवीको अग्रता घट्यो, रेणु ४ मतले पछि (अपडेट)

पोखरा न्युज –

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ४ मतले अघि हुनुहुन्छ ।

अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली – ४२४१८
रेणु दाहाल – ४२४१४

– वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर १९ को मतगणना सकिँदा रेणुभन्दा देवी २ सय २१ मतले अघि हुनुहुन्थ्यो ।
– २९ वडा रहेको भरतपुरमा १९ र २० बाहेक २७ वटा वडाको परिणामअनुसार एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याउनुभएको थियो भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १ सय ९४ मत थियो ।

स्रोत : उज्यालोअनलाइन https://ujyaaloonline.com/news/81410/chunab/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button