स्वर्गीय भेषकुमारी पाण्डेय उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण

पोखरा-

स्याङजाको स्वरेकमा रहेको श्री राष्ट्रिय टापुभञ्ज्याङ प्रस्तावित मावि विद्यालयमा स्वर्गीय भेषकुमारी उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण सम्पन्न भएको छ ।

पोखराको माउण्ट कैलाश रिसोर्ट , अमेरीकामा रहनु भएकी विमला पाण्डे (अन्जना) र स्वर्गीय अमृताका दाजु घनश्याम पाण्डेयले स्थापना गरेको १ लाख ५ हजारको अक्षयकोष बाट बर्षेनी चार जना विधार्थी लाई पुरस्कार एवं छात्रबृति प्रदान गर्दे आएको विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद पौडेलले बताउनु भयो । दुई जना छात्र छात्रा बाट उत्कृष्ट विद्यार्थी र दुई जना गरिव तथा जेहेन्दार विधार्थी लाई पुरस्कार एवं छात्रबृति वितरण गरिएको हो । यस बर्ष उत्कृष्ट विद्यार्थी पुरस्कार बाट मेरीना पंगेनी र दिपेन्द्र विक यस्तै गरिव तथा जेहेन्दार तर्फ सन्दिप कुवंर र विष्णु क्षेत्रीले पुरस्कार एवं छात्रबृति प्राप्त गरेका छन् । पुरस्कार एवं छात्रबृत्ति प्रमुख अतिथि नरेश भट्टराई, अमृताका पिता केशराम पाण्डेय र माता मिन कुमारी पाण्डेयले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।

स्वर्गीय भेषकुमारी पाण्डेय (अमृता)को ३२औं जन्मजयन्तीको अबसर पारेर उहाँको परिवार द्वारा सञ्चालित स्वर्गीय भेषकुमारी उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण गरीएको हो । २०६१ साल असार १८ गते भेषकुमारी पाण्डे अमृताको आफै चढेर गएको बसले रुपन्देहीको नयाँ मिलमा बस बाट ओर्लने क्रममा ढोका बाट खस्दा सोही बसले किच्दा ज्यान गएको थियो । उनले औपाचारी शिक्षा शुरु गरेको विद्यालयमा दाजु घनश्याम पाण्डे , नरेश भट्टराई र विमला पाण्डेयले अक्षकोष स्थापना गर्नुभएको हो ।

यसै विच विद्यालयले पनि आफ्नो बार्षिक कार्यक्रम अन्तरगत गतबर्षको पुरस्कार विधार्थीहरु लाई वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि माउण्ट कैलाश रिसोर्ट पोखराका अध्यक्ष एवं समाजसेवी नरेश भट्टराईले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि भट्टराईले विद्यार्थी लाई पढाईमा जोड दिन आग्रह गर्दे गुणस्तरीय शिक्षा आजको आबश्यता भएको बताउनु भयो । भट्टराईले विद्यालयले लाई आफुले सक्दो सहयोग सधै गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष एवं रेडियो गण्डकी ९०.२ मेगाहर्जका स्टेशन म्यानेजर घनश्याम पाण्डेले विद्यालयको बार्षिक कार्यक्रममा बहिनीको स्मृतिमा वितरण गरिने पुरस्कार एवं छात्रबृति वितरण गर्ने अबसर दिइएको भन्दै ब्यबस्थापन समिति र विद्यालय परिवार प्रति आभार प्रकट गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं स्वरेक गाविसका निर्बतमान अध्यक्ष छायाराम खनालले आगामि दिनमा छात्रबृत्ति र पुरस्कार वितरण लाई विद्यालयले अझै ब्यबस्थीत बनाउने बताउनु भयो ।नमुना स्वरेक सहयोगी समाज स्याङजाका उपाध्यक्ष एवं समाजसेवी यम प्रसाद पंगेनीले स्वर्गीय भेषकुमारी अमृताको स्मृतिमा अक्षयकोष स्थापना गरेर शिक्षामा सहयोग पुगेको बताउदै विद्यालयले लाई राम्रो बनाउन सवैलाई समेटनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वरेक गाविसका सचिव भेष बहादुर थापा , पुर्व विद्यायल ब्यबस्थापन समितिका अध्यक्ष टिकाराम पराजुली, कमल पंगेनी,नमुना स्वरेक सहयोगी समाजका सचिव श्याम बुढाथोकी, विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद पौडेल, शिक्षक राजकुमार विक, इन्द्र प्रसाद पराजुली (नबराज)लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button