तनहुँको भिमादमा प्रथम भीमाद महोत्सव २०७३ हुने

पोखरा –

स्थानिय स्तरमा उत्पादित वस्तुहरुको प्रचार प्रसार , कला संस्कृति जर्गेना साथै पर्यटनको सम्भावना भएका ठाउँको प्रचार गर्न भन्दै विभिन्न ठाउँमा मेला र महोत्सव हुने गरेका छन । त्यस्तै उद्धेश्य लिएर आयोजना हुन लागेको महोत्सव हो प्रथम भिमाद महोत्सव ।

तनहुँको भिमादमा प्रथम भीमाद महोत्सव २०७३ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सँघं, भिमाद बजार इकाई समितिको आयोजनामा मंसिर १० गते देखि १९ गते सम्म महोत्सव गर्न लागीएको आज भिमादमा आयोजित पत्रकार सम्मेलनमा इकाई अध्यक्ष भिम सिंह थापाले जानकारी दिएका छन ।

भिमादमा उत्पादीत कृषिजन्य वस्तुहरु को प्रचार प्रसार एवं वजार विस्तार गर्ने, कला संस्कृति, धार्मिक एवं ऐतिहासिक, पर्यटकिय क्षेत्रको पहिचान गरि भीमादलाई समाजिक, आर्थिक रुपमा विकास गर्ने महोत्सवको उद्धेश्य रहेको उनले बताए ।

महोत्सवमा औधोगिक तथा अटोमोवायलका प्रदशाी तथा खरिद विक्री, स्थानीय उत्पादीत कृषिजन्य सामाग्री साथै विभिन्न जातजातीहरुको मौलीक खानाको परिकार महोत्सवको मुख्य आकर्षण रहेको उनले बताए ।

भीमादमा रहेका ऐतिहासिक तथा पर्यटकिय स्थलहरु, शिद्धगुफा, चमेरे गुफाको अवलोकनको साथै माझकोट् ९ मिर्छुङको ग्रामिण पर्यटकिय होमस्टेमा वस्ने व्यवस्था पनि रहेको गाविस सचिव दधिराज पौडेलले वताए ।

भीमाद २ मा रहेको पुरातात्विक स्थानिय कालिगढद्धारा निर्मित फलामे साङले पुल र शिवपञ्चायन मन्दिरको पनि महोत्सवमा पुगनेहरुले अवलोकन गर्न सक्ने उनको भनाई छ ।
भिमादमा पहिलो पटक यसरी स्थानिय कला संस्कृति र पर्यटनको प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएपछि स्थानियहरुले आफूहरु उत्साहित र खुसी भएको प्रतिक्रिया दिए ।

महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने ४ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमा हस्तकला प्रद्धशनी, साँस्कृतिक प्रदशनीको साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहने बताईएको छ । स्थानिय स्तरमा रहेका संस्कृति र पर्यटकिय सम्भावना वोकेका ठाउँहरुको प्रचारप्रसार गरि पर्यटनको विकास गर्न पक्के पनि वेलावेलमा हुने यस्ता कार्यक्रमहरुले सहयोग पु¥याउन सक्छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button