विद्युत चोरीमा संलग्न प्राधिकरणका सुपरभाइजर सहित १२ कर्मचारी पक्राउ

९ माघ-

विद्युत चोरीमा संलग्न भएको आरोमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजर सहित १२ कर्मचारी पक्राउ गरेको छ । चार जना व्यवसायी पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगोर्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ । उनले भने, ‘मिटर विगार्ने र विलिङ कम गर्ने गरेका रहेछन् ।’

मिटर विगारेर कम बिलिङ गरे वापत उनीहरुले उद्योगहरुबाट रकम लिने गरेका थिए । पक्राउ पर्नेमा बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठ पनि छन् ।

प्रहरीका अनुसार उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे । बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्रोत -अनलाइनखबर https://www.onlinekhabar.com/2017/01/532287/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button