लेखनाथमा २५ वटा राँगा पालेर व्यवसाय सुरु

पोखरा-

गाईभैँसी, बाख्रापालनलगायतका व्यवसाय गरेर कमाइ गरेको चर्चा सुनिन्छ तर कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका एक युवकले भने राँगापालन व्यवसाय सुरु गर्नुभएको छ । लमजुङको सिम्पानी गाविस–३ घर भई लेखनाथ नपामा बस्दै आउनुभएका वर्ष ४० का सुरेन्द्र थापाले २५ वटा राँगा पालेर आफ्नो व्यवसाय सुरु गर्नुभएको छ । दूध दिने वस्तुभाउ पाल्दा धेरै मेहनत र लगानी पर्ने र घाटा पनि हुनसक्ने भएकाले राँगापालन व्यवसाय सुरु गरेको थापा बताउनुहुन्छ ।

राँगाको लागि बिहान, दिउँसो र बेलुका मात्रै स्याहारसुसार गरे पुग्ने र कहिलेकाँही दिउँसो जङ्गलतिर चराउन लगे पनि पुग्ने उहाँको धारणा छ । नवलपरासी जिल्लाको बर्दघाटमा प्रत्येक मङ्गलबार गाईवस्तुको हाटबजार लाग्ने र त्यही हाटबजारबाट गएको जेठ महिनामा प्रति राँगो रु नौ हजारमा खरिद गरेर ल्याएको र अहिले ती राँगाका मूल्य रु २० हजार भन्दा बढी पर्न गएको उहाँ बताउनुहुन्छ । यस कामका लागि कृषक थापाले सो ठाउँमा ३० रोपनी जमिन भाडामा लिनुभएको छ । त्यस ठाउँमा उहाँले गोलभँेडा र माछापालन व्यवसाय पनि गर्दै आउनुभएको छ । उहाँले सो जग्गाको मात्रै वार्षिक रु तीन लाख ६० हजार भाडा बुझाउँदै आउनुभएको छ ।

उहाँले ३० वटा प्लास्टिकका टनेल बनाएर गोलभेँडाखेती गर्नुभएको छ भने तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ । तरकारीखेती र माछापालनका लागि गोबर चाहिने र यसका लागि बर्सेनि एकलाख ५० हजारभन्दा बढीको मल खरिद गर्नुपर्ने भएकाले मलकै लागि पनि आपूmले राँगा पाल्न सुरु गरेको कृषक थापाको भनाइ छ ।
राँगा बढ्देै गएपछि मासुको लागि तुरुन्तै बिक्री गर्न सकिने र यस व्यवसायबाट दोहोरो फाइदा हुने थापाले अहिलेसम्म नेपाल सरकारबाट कुनै सहयोग पाएका छैनन् । अहिलेसम्म बैंकबाट व्यवसायका लागि भनेर उहाँले रु ५४ लाख ऋण लिइसक्नु भएको छ ।

प्रमाणपत्र तह उत्तीर्ण थापा वैदेशिक रोजगारीमा जाने कुनै सोचाइ नभएको बताउनुहुन्छ । उहांँ भन्नुहन्छ – “ यहीँ कमाइ गर्न सकिन्छ भने किन अर्काको देशमा गोठालो बन्न जाने ?” । उहाँले अहिले नौजनालाई रोजगारी समेत दिनुभएको छ ।
एक वर्ष अघिदेखि मात्रै व्यवसाय सुरु गरेकाले अहिले नै धेरै कमाइ भने गरिनसकेको र तर व्यवसायवाट आपूm सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । उहाँले आफ्नो परिवारलाई काठमाडौँमा राखेर एक छोरा र एक छोरीलाई निजी विद्यालयमा पढाइरहनु भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button