पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा बिकल तुलाचन

 

पोखरा-

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा बिकल तुलाचन निर्विरोध निर्वाचित भएका छ्न् ।

संघको शुक्रबार सम्पन्न १८ औं अधिवेशले युवा पर्यटन ब्यबसायी तुलाचनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस अघि प्रथम उपाध्यक्ष रहेका तुलाचन फेयरमाउण्ट होटलका संचालक पनि हुन् । उनले खुल्ला मतदानमा सबै भन्दा धेरै १४८ मत प्राप्त गरे ।

यसै गरी समितिको प्रथम उपाध्यक्षमा लक्क्ष्मण सुवेदी( होटल साकुरा, द्वितीय उपाध्यक्षमा भेकेन्द्रकुमार श्रेष्ठ( सोलिटारी लज, महासचिबमा गणेशराज पहारी( होटल ट्रोपिकाना ) निर्विरोध निर्बाचित भए ।सचिबमा राजेन्द्र ढकाल( होटल ग्लेसियर), कोषाध्यक्षमा पार्वती पाण्डे( होटल ल्याण्डमार्क) र सहकोषाध्यक्षमा नरेश बहादुर भट्टराई( माउण्ट कैलाश रिशोर्ट) निर्बाचित भए । स्टार तर्फबाट निर्बाचित भट्टराई बाहेक अन्य सबै नन स्टार तर्फबाट निर्वाचित भएका हुन् ।

यसै गरी स्टार होटल तर्फ यस अघि नै निर्विरोध निर्बाचित छ मध्ये अन्य पाँच जना कार्यसमिती सदस्यमा अर्जुन मैनाली( साङग्रीला भिलेज रिसोर्ट, अनिल श्रेष्ठ( फिष्टेल लज, दिपक श्रेष्ठ( मम्स गार्डेन रिसोर्ट, वैभव पौडेल होटल वाराही र रामेश्वर हुमागाइ( होटल पोखरा ग्रान्ड रहेका छन् ।

संघका कूल २६६ सदस्य मतदाता मध्ये १९१ ले मतदानमा भाग लिएको निर्बाचन संयोजक मेहरमान श्रेष्ठले जानकारी दिए ।खसेको मध्ये नौ मत बदर भए । नन स्टार तर्फ १२ जनाको उम्मेदवारी परेकोमा पदाधिकारी छान्न आबश्यक मध्ये छ जना सदश्य खुल्ला मतदानमा निर्बाचित भएका हुन् । नबनिर्बाचित अध्यक्ष तुलाचनले संघलाई ब्यबसायिक रुपमा अगाडि बढाउने बताए ।

संघको बिधान अनुसार छ जना स्टार, छ जना ननस्टार, चार जना अध्यक्षबाट मनोनित र एक जना मनोनित गरी संघको कार्य समिती १७ सदस्यीय हुने ब्यवस्था छ ।

फोटो – फेसबुकवाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button