पोखराको धार्मिक तथा पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिरमा आरती हेर्नेहरुको भिड

डीएनबि, पोखरा न्युज ।

पोखराको धार्मिक तथा पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिरमा आरती हेर्नेहरुको भिड लागेको छ । हरेक शनिबार साँझ हुने उक्त आरती वाल्ने कार्यक्रममा सरिक हुन शनिबार भक्तजनहरुको भिड लाग्ने गरेको विन्ध्यवासिनी मन्दिर धार्मिक विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

उनका अनुसार भगवान प्रति दिप प्रज्वलन गरी आरधना गर्न समितिले विगत डेढ बर्ष देखि उक्त कार्यक्रम सुरुवात गरेको हो । साँझ ६ः३० देखि ७ः१५ बजेसम्म प्रायः हुने आरती कार्यक्रममा भक्तजनको ईच्छा अनुसार कर्ता समेत बन्न सकिने ब्याबस्था गरेको अध्यक्ष श्रेष्ठले जनाए । कार्यक्रम सकिएसंगै कार्यक्रममा सहभागिहरुलाई प्रसाद वितरण समेत हुने गरेको उनले जनाए । भारतको वनारसमा हुने आरती जस्तै पोखरामा आफुहरुले हरेक शनिबार उक्त कार्यक्रम आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धन समेत हुने श्रेष्ठले बताए । भजनकृतनको साथमा तीन जना पण्डितहरुले आरती गरेका थिए ।

यसै बिच, शनिबार नेपाल पत्रकार महासंघ कास्कीको एक टीम कार्यक्रम स्थलमा पुगेको थियो । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहितको टोलीलाई समितिका अध्यक्ष श्रेष्ठ, महासचिव तिर्थ श्रेष्ठ लगायतले माला तथा अविर लगाउदै प्रसाद वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button