पोखरामा एक सातमा पुनः बर्ड फ्लु भेटियो

पोखरा-

पर्यटकीय नगरी पोखरामा पुनः एक साता पछि बर्ड फ्लु भेटिएको छ । पोखरा उप–महानगरपालिका वडा नम्बर १८ खाल्टेमसिनामा रहेको दीपेन्द्र केसीको घर पालुवा कुखुरामा वर्ड फ्लु भेटिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ ।

केसीले पालेका कुखुरा केहि दिन अघि मर्न थाले पछि केन्द्रमा गरिएको परिक्षणमा वर्ड फ्लु भएको पुष्टि भएसंगै आज शनिबार सो क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरी अन्य क्षेत्रमा वर्ड फ्लु फैलिन नदिन काम सुरु भएको जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु चिकित्सक एवं सुचना अधिकृत ठगेन्द्र प्रसाद अर्यालले बताए ।

केसीले पालेका १५ मध्य ४ वटा कुखुरा मरेका थिए भने बाँकी ११ वटा आज ¥यापिट रेस्पोन्स टिमले मारेको हो । केसीको घर देखि करीब साँढे दुई किलोमिटर रेडियस क्षेत्रमा कुनै पनि पंक्षि तथा पक्षी जन्य बस्तु ओसार तथा पोसार गर्न रोक लगाईएको छ । ४२ दीन सम्म यस्तो उच्च सावधानि अपनाईने भएको अर्यालले जनाए । पोखराका अन्य क्षेत्रमा समेत ल्याप टेष्टमा पठाए पनि अन्य क्षेत्रमा वर्ड फ्लु भने नभएको उनले दाबी गरे । अघिल्लो शनिबार एक साता अघि खाल्टेमसिनाकी मिना कुमारी परियारले पालेका हाँसमा वर्ड फ्लु भेटिएको थियो । केसीको घर वरिपरि भएका पंक्षी तथा पंक्षी जन्य बस्तु नष्ट गरेको छ । संक्रमण फैलिन नदिन टोलीले सो क्षेत्रमा अनुगमन तथा संक्रमण क्षेत्रमा चुना छर्कीने काम समेत गरेको अर्यालले जनाए ।

पोखरामा यो पाचौं पटक बर्ड फ्लु भेटिएको हो । पोखरामा पहिलो पटक करीब ७ बर्ष अघि भेटिएको थियो । ७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताउदै आएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button