पोखरामा कुखुरा लगायत पंक्षीजन्य बस्तुको विक्री वितरण शुक्रबार देखि खुल्ला

 

पोखरा-

पोखरामा फागुन  महिनामा  लगातार दुइ हप्तामा  दुई पटक  वर्ड फ्लु भेटिए पछि पंक्षी र पंक्षी जन्य बस्तु ओसार पोसारमा रोक लगाईएकोमा   शुक्रबार देखि  ओसार पोसार तथा विक्री वितरण गर्न खुल्ला गरिएको छ ।

जिल्ला बर्ड फ्लु प्राबिधिक समितिले पोखराका अन्य ठाँउमा  बर्ड फ्लु नदेखिएकोले  शुक्रबार देखि  बर्ड फ्लु लागेको चार किल्ला क्षेत्र बाहेक अन्य क्षेत्रमा निर्वात रुपमा पंक्षी तथा पंक्षी जन्य बस्तुको कारोवार गर्न सकिने बताएको छ  ।  पोखराका एक देखि १८ वडा सम्म लगाईएको प्रतिवन्ध हटाइएकोले शुक्रबार विहानै देखि बर्ड फ्लु क्षेत्रमा बाहेक अन्य क्षेत्रमा निर्वात ढंगले पहिलेकै रुपमा विक्री वितरण गर्न सकिने भएको जिल्ला पशु सेवा कार्यालय कास्कीका सुचना अधिकृत ठगेन्द्र अर्यालले बताए । अर्यालले  समितिले शुक्रबार लिखित रुपमा यसको निर्णय गर्ने जानकारी दिए  ।

समितिको मौखिक सहमति पछी  आफुहरुले शुक्रबार देखि कुखुरा र कुखुरा जन्यबस्तुको बिक्री वितरण पूर्ववत रुपमा सुचारु गर्ने  कास्की खसि तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले बताए । बर्ड फ्लुको कारण  पोखरामा करिब ७ करोड मुल्य बराबरको कुखुराको मासु तथा अन्डाको कारोवार प्रभावित  भएको ओझाले जनाए ।

बर्ड फ्लु भएपनि ७० डिग्रीको तापक्रममा मासु पकाएर खाएमा बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताउदै आएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button