तिन बर्ष पछि पोखरामा फेरी बर्ड फ्लु भेटियो, कास्की जिल्लामा कडाई

पोखरा-

पोखरामा करीब ३ बर्ष पछि फेरी बर्ड फ्लु भेटिएको छ । पोखरा उप–महानगरपालिका वडा नम्बर १८ खाल्टेमसिनामा रहेको मिना परियारले पालेका हाँस तथा कुखुरामा वर्ड फ्लु भेटिएको पशु चिकित्सक एवं सुचना अधिकृत ठगेन्द्र प्रसाद अर्यालले बताए । पोखरामा बर्ड फ्लु भएको आज शनिबार नै पुष्टी भएकोले आजै तत्काल नियन्त्रणमा रेपिट रेस्पोन्स टिम खटिएको उनले बताए ।

उनका अनुसार केहि दिन अघि परियारले पालेका पंक्षिहरु एका एक मर्न थाले पछि केन्द्रीय प्रयोगशालामा गरीएको परिक्षणबाट बर्ड फ्लु भएको पुष्टी भएको हो । बर्ड फ्लु भएको पुष्टीसंगै नेपाल सरकारले बर्ड फ्लु भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मिना परियारको घर देखि चार किल्ला क्षेत्रमा करीब ६ सय मिटरको रेडियसमा रहेका पंक्षी र पंक्षीजन्य बस्तुहरुलाई नष्ट गर्न एक टोली समेत खटिएको अर्यालले बताए । बर्ड फ्लु देखा परेको स्थानमा पंछिहरु ओसार पोसार गर्न रोक लगाईएको छ । यस अघि पोखरा र लेखनाथमामा केहि बर्ष अघि तीन पटक भन्दा बढी बर्ड फ्लु भेटिएको थियो ।

यसैबीच कास्कीबाट पंक्षी र पंक्षीजन्य बस्तु बाहिरि जिल्लामा पठाउन रोक लगाएको छ भने बाहिरि जिल्लाबाट पंछि नल्याउन आग्रह गरी दाना ल्याउदा भेट्नरीको प्रमाण पत्र लिएर मात्र ल्याउन आग्रह गरीएको बर्ड फ्लु नियन्त्रण कक्षले जनाएको छ ।

७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताउदै आएका छन्। यदी कसैको घरमा पंछिहरु झोक्राएको, दान नखाएको, –याल तथा सिगान निकालेको तथा मर्न थालकेो छ भने फ्लु लागेको हुन सक्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button