माओवादी केन्द्र महानगर कास्कीको अध्यक्षमा विश्वप्रकाश लामिछाने

पोखरा न्युज ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कास्कीले पार्टीको संरचनालाई राज्यको परिर्वतित संरचनामा रुपान्तरण गरेको छ । सोही बमोजिम माओवादीले कास्कीका ४ वटै गाउँपालिका र महानगरपालिकामा पार्टीको सम्मेलन सुरु गरेको हो ।

माओवादीेको प्रथम पोखरा लेखनाथ महानगर सम्मेलनले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ८१ सदस्सिय महानगर कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । लामिछाने पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष समेत हुन् । स्थानीय तहको निर्वाचनमा महानगरको मेयर पदमा उम्मेदवारी दिएका लामिछानेले पछि पार्टी केन्द्रले नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए ।

शुक्रवार र शनिवार दुई दिनसम्म चलेको अधिवेशनवाट उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्ष पदमा जनकराज पराजुली निर्वाचित भएका छन् । उपाध्यक्ष १ जना र सहसचिव २ जना पछि मनोनित गरिने वताईएको छ । सम्मेलनले समावेशितालाई जोड दिएर महिला, दलित, तथा आदिवासी जनजाति लगायतको उचित प्रतिनिधित्व भएको वताईएको छ ।

महानगरका ३३ वटै वडावाट निर्वाचित भएर आएका ८ सय जना प्रतिनिधिहरुले सम्मेलनमा सहभागिता जनाए । निर्वाचन मण्डलमा अधिवक्ता गोविन्द पौडेल लगायत ५ जना रहेका थिए ।

अध्यक्ष पदमा निर्वाचित भएपछि लामिछानेले पार्टीको संगठनलाई चुस्त, जुझारु र आर्थिक रुपमा पारदर्शि वनाउने प्रतिवद्धता व्यक्त गरे । माओवादी एजेण्डा स्वरुप स्थानीय तहको निर्वाचन भएपनि माओवादीको अवस्था कमजोर भएकोले आगामि निर्वाचनहरुमा माओवादी केन्द्र कास्कीलाई एक नम्वरको पार्टी वनाउने अठोट लामिछानेको छ । सम्मेलनको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सदस्य तथा प्रदेश नं ४ का ईन्चार्ज देव गुरुङ (कान्छावहादुर)ले उद्घाटन गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button