अभियानको रक्तदान सम्पन्न

पोखरा-

‘युवाहरुको अभियान, स्वच्छ वातावरणको निर्माण’ भन्ने नाराका साथ पोखरा–५मा क्रियाशिल अभियान युवा क्लवको आयोजनामा बृहद रक्तदान कार्यक्रम शनिबार जिरो किमी चोकमा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उक्त क्लवले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका सामाजिक विकास महासाखा प्रमुख तथा वरिष्ठ अधिकृत ओमराज पौडेलले रक्तदान नै जिवनदान भन्ने नारालाई प्रस्ट्याउदै रगत दान गर्नु भनेको कसैको ज्यान बचाउनु हो भन्ने कुरालाई जोड दिएका थिए । त्यसअघि कार्यक्रमका प्रथम रक्तदाता सशस्त्र प्रहरि बल कालिका गणका निरिक्षक सुरज बस्नेतलाई प्रमुख अतिथि पौडेलले ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रि, वडा महिला समन्वय समितिकी अध्यक्ष कालिका थापा, वडा नागरिक मञ्च पोखरा ५का अध्यक्ष बसन्त गिरी, धर्मस्थली आधारभुत विद्यालयका प्रधानाध्यापक केदार बराल, नमुना जनज्योती टोल विकास संस्थाका अध्यक्ष भेक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष जगदिश प्रसाद अधिकारीलगाएतले रक्तदान जस्तो पुन्यको काम गरिरहनुपर्नेमा जोड दिएका थिए । त्यस्तै पछिल्लो समय विभिन्न घट्ना तथा दुर्घट्नाका साथै गम्भिर रोगका कारण विरामीको उपचारमा रगतको आवाश्यकता परिरहने भएकाले पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।

रक्तसंचार केन्द्रबाट प्राविधिक प्रमुख महेन्द्र केसीको टोली उक्त कार्यक्रममा सहकार्य गरेको थियो । कार्यक्रमका संयोजक विनोद क्षेत्रीले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष मोहन बहादुर केसीले गरेका थिएभने स्वागत मन्तव्य द्धितिय उपाध्यक्ष जय प्रकाश थापाले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button