पृथ्वी राजमार्ग बस सञ्चालक समितीद्धारा स्याङजाको वालिङमा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा-

पृथ्वीराजमार्ग बस सञ्चालक समितीले आफ्नो ४५ औ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

यात्रुहरुलाई सुरक्षित गन्तब्यमा मात्र नभइ विभिन्न सामाजिक क्रियाकलापहरुलाई पनि समितीले काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफ्नो ४५ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न ठाउमा पुगी रक्तदान, स्वास्थ्य शिविर जस्ता सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको समितीका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।

जस अन्तर्गत बुधवार पृथ्वी राजमार्ग बस सञ्चालक समितीको आयोजनामा स्याङजाको वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको महासचिव केसीले जानकारी दिए । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले पहिलो रक्तदाता नेपाल रेडक्रस सोसाइटी वालिङ शाखाका सचिव खगेन्द्र प्रसाद सापकोटा लाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । समितीको आयोजनामा यसअघि मंगलबार कास्कीको घाचोकमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।

सामाजिक अभियान अन्तर्गत बिहीबार लम्जुङको बेशीसहरमा रक्तदान , शुक्रबार पोखराको पृथ्वीचोकमा रक्तदान, पृथ्वी राजमार्गको अफिस जिरो किमी देखि चाइना पुल सम्म बृहत सरसफाइ र बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सामुहिक खाना खुवाउने कार्यक्रम रहेको समेत केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button