रेडियो अन्नपूर्णले चैत १९मा रक्तदान गर्ने

पोखरा –
रेडियो अन्नपूर्णले १६ औं संस्करणको रक्तदान कार्यक्रम आउदो चैत १९ गते शनिबार गर्ने  भएको छ ।

रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा विगतमा झै यसवर्ष पनि रक्तदान कार्यक्रम गर्न लागेको प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए  । युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्न र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन भन्दै  रेडियोले प्रत्येक वर्ष चैतको तेस्रो शनिबार रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रमको संयोजकमा  वरिष्ठ संवाददाता दीननाथ बराल र सहसंयोजकमा वरिष्ठ संवाददाता माधव बराल  तोकिएका  छन् । संयोजक बरालले सामाजिक उत्तरदायित्व पूरा गर्न  दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने अठोट व्यक्त गर्दै सहयोगका लागि पोखराका सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button