काहुँडाँडामा धर्मकाय बुद्ध मण्डला निर्माणका लागि तीन करोड संकलन

 

पोखरा न्युज –

कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म रु तीन करोड संकलन भएको छ ।

मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट रु दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ ।

बुद्ध मण्डला निर्माणका लागि छ रोपनी जमिन खरिद गरिएको छ । सो बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रवास, सङ्गग्रहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचासमेत निर्माण गरिने छ ।

मण्डला निर्माणका लागि झण्डै रु एक अर्बभन्दा बढी खर्च लाग्ने र यसको लागि स्वदेशी तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारी रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button