काठमाडौँ महानगरको बजेट १० अर्ब

पोखरा न्युज –

काठमाडौँ महानगरका लागि रु १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४-७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।

संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण-शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button